१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भत्काउन थालियो विश्वकपमा प्रयोग भएको स्टेडियम ९७४

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo

 कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजनाका क्रममा आठ रंगशाला प्रयोग गरेको छ । राजधानी दोहामै केन्द्रित रहेका रंगशालाहरू अत्याधुनिक प्रविधियुक्त छन् । विश्वकप हेर्न पुगेका जोकोही पनि आठैवटा रंगशालाको प्रशंसा गरेर थाक्दैनन् । प्रतियोगितामा ‘स्टेडियम ९७४’ मा पनि प्रतियोगिता सञ्चालन भएको थियो । यस रंगशालामा सातवटा खेल भयो । यो रंगशाला अन्य सातवटाभन्दा बिल्कुलै फरक छ । 

कतारले नौ सय ७४ सिपिङ कन्टेनर प्रयोग गरी रंगशाला बनाएको हो । रंगशाला ९७४ लाई धेरैले मन पराएका छन् । यस रंगशालाको क्षमता ४० हजार दर्शक हो । खेर गएका स्टिल र सिपिङ कन्टेनर प्रयोग गरी स्टेडियम ९७४ बनाइएको हो । ९७४ सिपिङ कन्टेनर प्रयोग भएका कारण नै यस रंगशालाको नाम नै ‘स्टेडियम ९७४’ राखिएको हो । फेरि यस रंगशालाको नाममा कतारको कन्ट्री कोड पनि ९७४ हो । 

कतारले स्टेडियम ९७४ निर्माण गरी विश्वलाई फरक सन्देश दिएको छ । अस्थायी रूपमा रंगशालाको निर्माणमा कंक्रिटबाहेक अन्य सामग्रीबाट पनि बनाउन सकिन्छ भन्ने उदाहरण स्टेडियम ९७४ ले दिएको छ । विश्वकपमा चर्चा बटुलेको स्टेडियम ९७४ अब विश्वले अब देख्न पाउनेछैन । कतारले यो रंगशाला भत्काउने काम सुरु गरेको छ  ।

कतारले स्टेडियम ९७४ अस्थायी रंगशाला भएको र प्रतियोगितापछि भत्काउने घोषणा गरेको थियो । स्टेडियम ९७४ मा ब्राजिल र दक्षिण कोरियाबीचको प्रिक्वार्टरफाइनल खेल नै अन्तिम स्पर्धा रह्यो । यो रंगशालाको डिजाइन फ्रेन्विक इब्रिरेनअनुसार बनाइएको हो । यसको क्षेत्रफल चार लाख ४५ हजार स्क्वायर मिटर रहेको छ । 

ad
ad