मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार २३:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनामा हस्ताक्षर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार २३:२६:००

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ । 

भारतीय राजदूतावास र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच सोमवार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  

उदयपुर जिल्लामा जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बुमा न्गोंगा थेन्चोक छोलिंग ध्यान केन्द्रको निर्माण र धादिङमा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको उद्घाटन भएको हो । 

भारतीय राजदूतताबासका अनुसार यी तीन परियोजनाहरु कूल अनुमानित १० करोड १७ लाख नेपाली रुपैयाँ लागतमा निर्माण हुनेछन् ।

यी परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने भारतीय राजदुताबासको अपेक्षा छ । 

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूअघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।