१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केयूमा राजनीतिक दिशाबारे समीक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

काठमाडौं विश्वविद्यालय (केयू)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम र अबको राजनीतिक दिशाबारे समीक्षात्मक छलफल गरेको छ । विश्वविद्यालयअन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस)ले बिहीबार राजनीतिशास्त्री, अर्थशास्त्री, समाजशास्त्रीलगायत विज्ञहरूसँग निर्वाचनको परिणामले दिन खोजेको संकेत र देशले लिने भावी दिशाबारे बहस गरेको हो । 
छलफलका क्रममा विज्ञहरूले चुनावी परिणामबारे आ–आफ्नै तर्क र विचार व्यक्त गरे । उपकुलपति डा. भोला थापाले सबैलाई राजनीति चाहिने भए पनि विश्वविद्यालय भने यसबाट टाढा रहनुपर्ने बताए । उनले समाज र राजनीतिबारे नै चर्चा गर्ने वातावरण उपलब्ध गराउन नै हिच्किचाउने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए । 
‘युवाहरू अध्ययनका लागि भनेर किन विदेशका संस्था रोज्छन् होला भनेर खोतल्दा शिक्षाको गुणस्तरसँगै रोजगारीका कुरा पनि जोडिएका छन्, रोजगारीका अवसरमा पनि उनीहरूको चासो देखिएको छ,’ उनले भने, ‘चुनाव पछिको नेपालको राजनितीले युवाका अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ ।’
केयू–एनसिसिएसका मानार्थ अध्यक्ष प्रा. लोकराज बरालले अबको राजनीतिले लय पक्रनुपर्ने बताउँदै देशलाई स्थायित्व दिन दलहरू जुट्नुपर्ने बताए । छलफलमा प्रा.डा. अच्युत वाग्ले, प्रा. कृष्ण खनाल, प्रा. कृष्ण हाछेथू, डा. मीना पौडेल, मधेसविद् तुलानारायण शाह, प्रा. लवदेव अवस्थी, ई. सिके लाल, प्रा. महेश बास्कोटा, प्रा. सागरराज शर्मालगायत सहभागी थिए ।