काठमाडौं विश्वविद्यालय (केयू)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम र अबको राजनीतिक दिशाबारे समीक्षात्मक छलफल गरेको छ । विश्वविद्यालयअन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस)ले बिहीबार राजनीतिशास्त्री, अर्थशास्त्री, समाजशास्त्रीलगायत विज्ञहरूसँग निर्वाचनको परिणामले दिन खोजेको संकेत र देशले लिने भावी दिशाबारे बहस गरेको हो ।
छलफलका क्रममा विज्ञहरूले चुनावी परिणामबारे आ–आफ्नै तर्क र विचार व्यक्त गरे । उपकुलपति डा. भोला थापाले सबैलाई राजनीति चाहिने भए पनि विश्वविद्यालय भने यसबाट टाढा रहनुपर्ने बताए । उनले समाज र राजनीतिबारे नै चर्चा गर्ने वातावरण उपलब्ध गराउन नै हिच्किचाउने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए ।
‘युवाहरू अध्ययनका लागि भनेर किन विदेशका संस्था रोज्छन् होला भनेर खोतल्दा शिक्षाको गुणस्तरसँगै रोजगारीका कुरा पनि जोडिएका छन्, रोजगारीका अवसरमा पनि उनीहरूको चासो देखिएको छ,’ उनले भने, ‘चुनाव पछिको नेपालको राजनितीले युवाका अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ ।’
केयू–एनसिसिएसका मानार्थ अध्यक्ष प्रा. लोकराज बरालले अबको राजनीतिले लय पक्रनुपर्ने बताउँदै देशलाई स्थायित्व दिन दलहरू जुट्नुपर्ने बताए । छलफलमा प्रा.डा. अच्युत वाग्ले, प्रा. कृष्ण खनाल, प्रा. कृष्ण हाछेथू, डा. मीना पौडेल, मधेसविद् तुलानारायण शाह, प्रा. लवदेव अवस्थी, ई. सिके लाल, प्रा. महेश बास्कोटा, प्रा. सागरराज शर्मालगायत सहभागी थिए ।
केयूमा राजनीतिक दिशाबारे समीक्षा
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि लुम्बिनी सरकारले बनायो कार्यविधि
बुटवल- लुम्बिनी प्रदेश सरकारले सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि कार्यविधि बनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंग…
रौतहटमा गोली प्रहारबाट युवक गम्भीर घाइते, शरीरका विभिन्न भागमा लागे ६ छर्रा
रौतहट / रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। गएराति करिब ९:१५ बजे गौर…
भारतीय विदेशसचिव मिश्री काठमाडौंमा
कूटनीतिक स्रोतका अनुसार भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गर्नेछन्
सबै कम्युनिस्ट घटकहरूलाई एकताकालागि प्रचण्डको आह्वान
नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबिच एकता
न्यायाधीश फुयालविरुद्ध महाभियोगको गृहकार्य गर्दै रास्वपा
काठमाडाैं- कतिपय न्यायाधीशसमेत मुछिएको गम्भीर विचलन र अनुचित साँठगाँठका घटना सार्वजनिक भएसँगै न्यायालयको शुद्धीकरण प्रक्रिया अ…
धरपकड गरिएका सञ्चारगृहमामानव अधिकार आयोगको टोली
सरकारका प्रवक्ता सस्मित पोखरेल भन्छन्– सरकारसँग अनुमति नलिई पत्रकार पक्राउ गरियो