१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रौतहटमा बढ्दै काठ तस्करी, कर्मचारीकै मिलेमतो हुने स्थानीयको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:१४:oo

रौतहटका वनमा पछिल्लो समय चोरी तस्करी बढेको छ। जिल्लाको रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा व्यापक चोरी तस्करी बढेको हो।

बृन्दावन नगरपालिकामा पर्ने रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समितिको वनबाट सर्लाही र रौतहटका काठ तस्करले करिब दुई दर्जन सालका रुख काटेर चोरी गरेको पाइएको छ। केही समयअघिसम्म टायरगाडा र ट्याक्टरमा चोरी तस्करी गर्ने समूहले अहिले चोरीको तरिकासमेत बदलेको छ। तस्कर समूहले ६६ इन्च गोलाइको काठ अट्ने गरी साइकल मोडिफाई गरेर चोरी तस्करी गर्ने गरेका छन्।

वन कर्मचारी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा खटिएको समयमा सालका रुखको तस्करी अझै बढेको स्थानीय बताउँछन्। डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्णले चुनावका वेला तस्करले रौतहटको राष्ट्रिय र साझेदारी वनबाट सालका रुख काटेको पाइए पनि बरामद गर्न आफूहरू सफल भएको दाबी गरे।

स्थानीय अजय पटेलका अनुसार रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समितिको वनबाट रौतहट र सर्लाहीका काठ तस्करले दैनिकरुपमा काँचा सालका रुख काटेर लाने गरेका छन्। चोरी गरिएका रुख चन्द्रनिगाहपुरकै चिरान मिलमा बिक्री वितरण हुने गरेको छ।

यता, रंगपुर साझेदारी वन क्षेत्रमा पनि पछिल्लो समय दैनिक सालका रुखको तस्करी हुने गरेको खबर पाएको चन्द्रपुर नगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र चौधरीले बताए। काठ चोरी तस्करीमा पक्राउ परेकालाई राजनीतिक दलका नेताहरूले नै छुटाउन दबाब दिने गरेकाले पनि तस्करी नरोकिएको कर्मचारीको भनाइ छ। स्वतत्र रूपमा काम गर्न नपाउँदा आफूहरूलाई वन जोगाउन हम्मेहम्मे परेको डिभिजन वन कार्यालयका प्रमुख कर्णले बताए।

वन कर्मचारीकै मिलेमतोमा चोरी तस्करी बढेको स्थानीयवासीको आरोप छ। तर, आवश्यक कर्मचारी नहुँदा चोरी तस्करी बढेको वन कर्मचारीहरू जिकिर गर्छन्। डिभिजन वन कार्यालय रौतहटमा ११० कर्मचारीको दरबन्दी रहेकोमा ९३ जना कार्यरत छन्। तीमध्ये ९० प्रतिशत कर्मचारी जिल्लाभित्रै छन्। स्थानीय कर्मचारीकै कारण रौतहटको वनमा चोरी तस्करी बढेको जिल्लाबाहिरका कर्मचारीहरूसमेत स्विकार्छन्।

ad
ad