Skip This
कर्णालीका मुख्यमन्त्री शाहीले बुझाए निर्वाचन खर्च विवरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Wednesday, 14 May, 2025
२o७९ मङ्सिर २३ शुक्रबार १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री शाहीले बुझाए निर्वाचन खर्च विवरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार १३:४५:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर  शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन्। निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरणअनुसार उनले निर्वाचनमा १८ लाख ८९ हजार खर्च गरेका छन्।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार जनकबहादुर शाहीका अनुसार मतदाता नामावली छपाइमा २० हजार, प्रचारप्रसारमा ६ लाख ७९ हजार, गोष्ठि तथा अन्तरक्रियामा एक लाख २० हजार खर्च भएको छ।

त्यसैगरी, , प्रतिनिधि व्यवस्थापनमा ५ लाख १० हजार, कार्यालय सञ्चालनमा ८० हजार र सवारीसाधन आवतजावतमा ४ लाख ८० हजार गरी जम्मा १८ लाख ८९ हजार खर्च भएको बताइएको छ। मुख्यमन्त्री शाही हुम्लाको प्रदेश निर्वाचन क्षेत्र २ बाट उम्मेदवार रहेका थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका तेजबहादुर रावत र नेकपा एमालेका दल रावलले खर्च विवरण बुझाइसकेका छन्। प्रतिनिधिसभा सदस्यकै उम्मेदवार छिरिङ दम्डुल लामा कार्चेनले भने खर्च विवरण बुझाएका छैनन्।

यता, प्रदेश १ बाट राप्रपाका छापे ऐडी  र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले खर्चको विवरण बुझाइसकेका छन भने गठबन्धनका उम्मेदवार रहेका रणसिंह परियार, स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही र  एमालेका दल फडेराले निर्वाचन खर्च विवरण बुझाएका छैनन्।

यस्तैगरी प्रदेश २ तर्फ राप्रपा नेपालका सुमन रावत, राप्रपाका बहादुर रावत, जसपाका बलिराज शाही र एमालेका छक्कबहादुर लामासहित नौजनाले खर्च विवरण बुझाईसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारहरुलाई यो महिनाभित्र खर्च विवरण बुझाउने समय दिइएको निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए।