मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २२ बिहीबार ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तामाङले जिते आइएमई दसैँ अफरको १० लाख रुपैयाँ बम्पर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार ११:४४:oo

आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत्जस्ता चाडपर्वका अवसरमा सञ्चालन गरेको अफरको बम्पर पुरस्कार मेखलाल तामाङले जितेका छन् । उनले ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक योजनाको १० लाख रुपैयाँ जितेका हुन् । 

उनले मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएर योजनामा परेको जनाइएको छ । बुधबार काठमाडौं पानीपोखरीमा रहेको आइएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बास्डर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र गर्दा तामाङ विजेता बनेको कम्पनीले जनाएको छ । 

यस वर्षको पर्वका अवसरमा भदौ १६ देखि कात्तिक १६ सम्म सञ्चालन भएको योजनामा विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एकजनालाई सामसङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही दुई हजार पाँच सय रुपैयाँ उपहारस्वरूप प्रदान गरिने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समय–समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । कम्पनीले सबैको माया र विश्वास प्राप्त गरेको उल्लेख गर्दै पौडेलले यो ब्रान्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी दिए । आइएमईका ब्रान्ड एम्बास्डर एवं वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका मुख्यमुख्य अप्ठ्यारामा रेमिट्यान्सले अर्थतन्त्र चलायमान गराएको बताए ।