१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्रीकान्त कोन्डपल्ली
२०७९ मङ्सिर २२ बिहीबार ०८:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सी जिनपिङले जनताको आक्रोश झेल्न सक्लान् ?

तेस्रो कार्यकालका लागि चुनिएका सी जिनपिङका लागि राष्ट्रव्यापी रूपमा भइरहेको राजनीतिक प्रदर्शनबाट तख्तापलट नै नभए पनि चुनौतीपूर्ण भने हुनेछ

Read Time : > 2 मिनेट
श्रीकान्त कोन्डपल्ली
२०७९ मङ्सिर २२ बिहीबार ०८:३३:००

सन् १९८९ को तियानमेन स्क्वायर त्रासदीपछिको एउटा अभूतपूर्व विकास भनेको महामारी व्यवस्थापनका नाममा विगत तीन वर्षदेखि जनतामाथि लगाइएका कठोर प्रतिबन्धमा चीनले हाल जनता र सरकारी अधिकारीबीचको भयंकर द्वन्द्वको शृंखलाको अनुभव गरिरहेको छ । जब उरुम्ची, सिन्जियाङमा लकडाउनका कारण एक अग्लो भवनमा थुनिएका झन्डै एक दर्जन मानिस आगलागीका कारण मारिए नोभेम्बरको अन्तिम सातादेखि ५० भन्दा बढी विरोध र्‍याली भइसकेका छन् । विरोध प्रदर्शन २५ भन्दा बढी सहर र ८० भन्दा बढी विश्वविद्यालयमा विस्तार भएका छन् । 

तियानमेन आन्दोलनको झल्को दिने प्रदर्शन :
यस तनावका दौरान कम्युनिस्ट पार्टी ली पेङजस्ता कट्टरपन्थी र झाओ जियाङजस्ता विद्यार्थी समर्थक नेताबीच विभाजित भएको देखिन्छ । सी जिनपिङको ‘न्यु झिजिआङ आर्मी’ र हु जिन्ताओ र ली खछ्याङको कम्युनिस्ट युथ लिगजस्ता प्रतिद्वन्द्वी गुटबीच कम्युनिस्ट पार्टीभित्र पहिल्यैदेखि राजनीतिक द्वन्द्व भए पनि आन्दोलनले पार्टीको गुटमा अहिलेसम्म असर पारेको छैन ।

सन् १९८९ को तियानमेन स्क्वायर घटनापछि चीनमा (विरोध प्रदर्शन) ‘सामूहिक घटना’ घटिरहेका छन् । सरकारी आँकडाअनुसार सन् १९९१ यता पाँच हजार पाँच सय घटना भएका थिए भने सन् २००५ मा यो आँकडा ८७ हजार पुगेको थियो । त्यसैगरी सन् २०१० मा यो आँकडा एक लाख ८० हजार पुगेको थियो । तत्पश्चात् यो आँकडा दिन बन्द गरिएको छ । 

विगत १० वर्षमा आर्थिक वृद्धिदर झन्डै १० प्रतिशतबाट यस वर्षको अनुमानित तीन प्रतिशतमा झरिरहँदा विरोध प्रदर्शन बढ्दै गएका छन् । पार्टी–राज्य (चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता) ले यदि विद्यार्थीले पार्टी–राज्यको वैधानिकतामाथि प्रश्न नगर्ने हो भने आर्थिक वृद्धि हुने वाचा गरिएको थियो, तर अहिले आर्थिक वृद्धिदर विलुप्त नै भएको छ, जसले विश्वासको संकट बढाएको छ । अधिकांश ‘सामूहिक घटना’ राहत छुट फिर्ता लिने र पार्टी–राज्यको कर्तव्यको कटौतीसम्बन्धी गुनासोविरुद्ध भए पनि वर्तमान आन्दोलन महामारी नियन्त्रणका नाममा विगत तीन वर्षदेखि अधिकारीले प्रयोग गरेको अत्यधिक राजनीतिक नियन्त्रणविरुद्ध केन्द्रित छ ।

महामारी नियन्त्रण वा राजनीतिक दमन ? 
त्यहाँको निगरानी राज्य र ‘सामाजिक ऋण’ प्रणालीजस्ता अन्य दमनकारी उपायलाई ध्यानमा राख्दा हालको चीनमा हुने कुनै पनि प्रदर्शनमा ठूलो संख्यामा मानिस सहभागी हुने कल्पना गर्न गाह्रो हुन्छ ।यद्यपि ठूलो संख्यामा भएको विरोध प्रदर्शनमा मजदुर, विद्यार्थी, जातीय अल्पसंख्यक समुदायका सदस्य र हान चिनियाँ संलग्न देखिन्छन् । यी मानिसको प्रदर्शनमा भएको सहभागितामा कोभिड नियन्त्रण संयन्त्रले जनताको ठूलो हिस्सालाई क्रुद्ध मात्रै बनाएको छैन, यसले जनतालाई शासक वर्गको हैकमविरुद्ध खुलेर आवाज उठाउने क्षमता पनि उजागर गरेको छ । यसबाहेक इन्टरनेटमा चीनको नियन्त्रण र सामाजिक सञ्जालका साइटमा प्रतिबन्धका बाबजुद पनि धेरै मानिसले यी प्लेटफर्मको प्रयोग गरेर मुलुकभरि विरोध ¥याली आयोजना गर्न सफल भएका छन् ।

उसो त यी विरोध प्रदर्शन छरिएका छन् । समर्थन, लगानी एवं र राष्ट्रव्यापी रूपमा जोडिएका छैनन् । तैपनि, यो डढेलोझैँ फैलिएको छ । यस तथ्यले चीनमा बढ्दो राजनीतिक असहमति र अधिनायकवादी शासनको सीमिततालाई संकेत गर्छ ।
कोभिड रोकथाम पहलले पार्टी–अतिक्रमणकारी राज्यको नीति र मनोमानी प्रक्रिया, सबै क्षेत्रमा गरिएको अप्रत्याशित लकडाउन र आधारभूत खाद्य एवं पानी आपूर्तिमा न्यूनतम स्वच्छताविनाका सुविधामार्फत जनतामाथिको नियन्त्रणलाई अगाडि बढाउने अवसर प्रदान गर्‍यो । यही अक्टोबरको २०औँ पार्टी सम्मेलनमार्फत तेस्रो कार्यकालका लागि चुनिएका सी जिनपिङका लागि राष्ट्रव्यापी रूपमा भइरहेको राजनीतिक प्रदर्शनबाट तख्तापलट नै नभए पनि यो चुनौतीपूर्ण भने हुनेछ । पार्टीका मुख्य संरचनामा पूर्ण बहुमत भए पनि सीको राजनीतिक अख्तियारी र लामो अवधिको शासन एवं वैधतालाई विरोध प्रदर्शनले अवमूल्यन गरिरहेको छ ।

सत्ता जोगाइराख्ने सीको रणनीति के हो ?
प्रदर्शनकारीले केही नारा लगाए पनि सीको राजनीतिक नेतृत्वका लागि कुनै सम्भावित खतरा छैन । तथापि समस्याको अर्थपूर्ण समाधानका लागि जनतामाझ आफ्नो अपिललाई व्यापक आधार दिने अपेक्षा गरिएको छ । ली केकियाङ, वाङ याङ, हु चुनहुवा र अन्य प्रतिस्पर्धी गुटका नेतालाई विगतमा सीले स्थायी समितिमा प्रभाव पार्ने खतरा देखेर निष्कासन गरेका थिए । तर, अहिले भने उनलाई राष्ट्रव्यापी रूपमा चर्किरहेको विरोधलाई मत्थर पार्न गठबन्धनको आवश्यकता छ ।
विगत केही दशकमा चीनमा व्यापक आन्तरिक सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सीले प्रदर्शनकारीमाथिको दमनको गम्भीरताको प्रश्नलाई पनि सामना गर्नुपर्नेछ र असहमतिलाई सजिलै अन्त्य गर्न सक्नुपर्नेछ । वास्तवमा, चीनले अहिले रक्षा क्षेत्रमा भन्दा आन्तरिक सुरक्षामा बढी खर्च गरिरहेको छ ।

चीनमा निगरानीको प्रकृति थप तिखारिँदै गएको छ । तथापि दमनजति बढ्दै जान्छ, वर्तमान सन्दर्भमा विरोधको तीव्रता पनि त्यति नै बढी हुन्छ, जसले राज्यमा सुरक्षा चिन्ता उत्पन्न हुन्छ । यो अवस्थामा अक्टोबरमा भएको २०औँ पार्टी महाधिवेशनमा दोहोर्‍याइएको ‘गतिशील जिरो–कोभिड’ नीतिमा पुनर्विचार गर्नु सी सरकारका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छ ।

(कोन्डपल्ली जवाहरलाल नेहरू विश्वविद्यालयको चिनियाँ अध्ययनका प्राध्यापक हुन्) द कुइन्टबाट