मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नेपथ्यका मुख्यगायक अमृत गुरुङसहित अन्य सदस्यलाई हेटाैंडामा स्वागत गरिँदै । तस्बिर : पाेष्टराज अधिकारी/नयाँ पत्रिका
२०७९ मङ्सिर २१ बुधबार ११:०१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपथ्यको टोली हेटौँडामा, कन्सर्टको तयारी अन्तिम चरणमा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ११:०१:००

चर्चित ब्यान्ड नेपथ्यको टोली ‘मानवताका लागि सांगीतिक यात्रा’को क्रममा हेटौँडा आइपुगेको छ । बिहीबार हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी स्कुलको प्रांगणमा हुने लाइभ कन्सर्टका लागि टोली हेटौँडा आइपुगेको हो ।

टोलीमा नेपथ्यका मुख्यगायक अमृत गुरुङसहित अन्य सदस्य छन् । यात्राको क्रममा बुधबार वीरगन्जमा सांगीतिक कार्यक्रम भएको थियो । 

नेपथ्यको प्राविधिक टोलीले स्टेज निर्माण थालिसकेको र आवश्यक अन्य तयारीलाई पनि भइरहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । 

‘अन्य धेरै कार्यक्रमहरू पैसा तिरेर मनोरञ्जन मात्रै लिने भए पनि यसपटक मानवीय सेवा गर्न पाउने अवसर जुरेको छ । कार्यक्रममा सहभागी भइदिन म सम्पूर्ण हेटौँडावासीलाई आग्रह गर्छु,’ उनले भने ।

मानवता प्रवर्द्धनसँगै हेटौँडा– ९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण र आश्रित बेसहाराहरूको संरक्षण र पालनपोषणको सहयोगार्थ कार्यक्रम गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । 

मानवता प्रवर्द्धनका लागि नेपथ्यले नेपालका प्रमुख १० सहरमा कन्सर्ट आयोजना गरिरहेको छ । १६ मंसिरमा विराटनगर र १९ मंसिरमा वीरगन्जमा सम्पन्न भइसकेका छन् । 

मानवसेवा आश्रमको मुख्य कार्यालयमा अहिले मुख्य भवन र लक्ष्मीभवन निर्माण सम्पन्न भए पनि बालबालिका आवास, बालबगैँचा, गाईगोठलगायतका कार्यहरू निर्माणको चरणमा रहेको छ । आश्रमको मुख्य कार्यालयमा १८ बालक, तीन बालिका, ९४ पुरुष र ७७ जना महिला गरी एक सय ९२ व्यक्ति आश्रित छन् ।