मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १०:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकले ल्यायो १८ वटा सुविधासहितको बचत खाता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १०:५०:००

सानिमा बैंकले स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर १८ वटा सुविधासहितको ‘जेनेरेसन सानिमा सेभिङ खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले १८ वर्षभन्दा माथिका युवावर्गलाई लक्षित गरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो । शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, पहिलो टपअप निःशुल्क इ–कम कार्ड, डिम्याट खाता र मेरो सेयर निःशुल्क जारी गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकले निःशुल्क भेरिफाइड बाई भिसा दर्ता, निःशुल्क सिआस्बा आवेदन, देशभरिका भिसा नेटवर्कका एटिएममा मासिक तीन निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ–स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको जनाइएको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम–छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरूको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था रहेको बैंकले जनाएको छ । 

यस खाताले युवावर्गबीच बचत गर्ने बानी र डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशका सातै प्रदेशमा एक सय ३० कार्यालयहरू र एक सय २३ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

मोबाइल बैंकिङ योजना
सानिमा बैंकले १८औँ वार्षिकोत्सवको अवसर पारेर एफवान सफ्टसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ योजना ल्याएको छ । बैंकले १८ जना जोडीलाई सौराहा भ्रमण गर्ने योजना ल्याएको हो । योजनामा सहभागी हुनका लागि ग्राहकले मोबाइल बैंकिङबाट कम्तीमा पाँचवटा विभिन्न कारोबार गर्नुपर्ने जनाइएको छ ।

उक्त कारोबार एकपटकमा दुई सय रुपैयाँभन्दा बढी र कम्तीमा एउटा टपअप समावेश हुनुपर्ने सर्त राखिएको छ । ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटी पेमेन्टजस्ता कारोबार गर्न सक्ने जनाइएको छ । योजना ९ पुससम्म लागू हुने उल्लेख छ ।