१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, मोरक्को क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २३:५४:oo

गोलकिपर चम्किएपछि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

एजुकेसन सिटी रंगशालमा सम्पन्न प्रिक्वार्टरफाइनलमा विजेताको टुंगो पेनाल्टी सुटआउटमा भयो । 

स्पेनले लगातार तीन पेनाल्टी खेर फाल्यो भने मोरक्कोले चारमध्ये तीनमा गोल गर्दै इतिहास रच्यो । मोरक्को इतिहासमा पहिलोपटक विश्वकपको क्वार्टरफाइनल पुग्न सफल भयो । 

त्यसअघि निर्धारित ९० र थपिएको ३० मिनेटमा दुवैले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

अधिकांश समय बलमाथि नियन्त्रण कायम राख्न सफल भए पनि स्पेन गोल गर्न असफल रह्यो । काउन्टरमा मोरक्कोले पनि केही अवसर खेर फाल्यो । थपिएको समयको अन्तिम सेकेन्ड बाँकी हुँदा स्पेनका सराबियाले हानेको शक्तिशाली प्रहार पोलमा लागेर बाहिरिनु स्पेनका लागि दुर्भाग्यपूर्ण सावित भयो । 

लगत्तै पेनाल्टी सुटआउटमा आएका सराबियाले गरेको पेनाल्टी प्रहार पनि पोलमा लागेर फर्किएको थियो । स्पेनका कार्लोस सोलेर र कप्तान सर्जियो बुस्केटको प्रहारलाई मोरक्कोको गोलरक्षकले रोके । 

मोरक्कोका लागि भने अब्देल्हमिद सबिरी, हकिम जियाच र अचराफ हाकिमीले बललाई जाली चुमाए । 

ad
ad