Skip This
माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरीका जवान सार्वजनिक, यस्तो छ हत्याको कारण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर १९ सोमबार २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरीका जवान सार्वजनिक, यस्तो छ हत्याको कारण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार २o:o४:oo

बैतडीको पञ्चेश्वरकी माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले साेमबार सार्वजनिक गरेको छ।  सशस्त्र प्रहरी बलमा कार्यरत शिवनाथ गाउँपालिका– ४ सोल्पला बस्ने कोलीलाई बैतडी प्रहरीले सार्वजनिक गरेको हो। उनलाई आइतबार महेन्द्रनगरबाट पक्राउ गरिएको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

मायाको गत १३ मंसिरमा हत्या भएको थियो। कोलीले मायासँगै १५ वर्षीया भतिजी नेहा लुहारको पनि हत्या गर्ने प्रयास गरेका थिए। तर, घाँटी रेट्ने क्रममा चक्कु भाँचिएपछि उनी फरार भए। कोली सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत रहेको डिएसपी शाहीले बताए। प्रहरीले सोमबार नै जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। 

नेहाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनैले दिएको सूचनाको आधारमा प्रहरीले कोलीलाई पक्राउ गरेको हो। हत्या आरोपी कोली ४ मंसिरमा बिदामा घर आएको र उनले योजनाबद्ध तरिकाले मायाको हत्या गरेको प्रहरीले जनाएको छ। 

‘दुईजनाबीच प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको छ,’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘अभियुक्तले मायालाई प्रेम गर्ने गरेको र उनको सम्बन्ध अरूसँग पनि भएको आशंकामा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’ 

कोलीले ११ मंसिरमा मायालाई भेट्न बोलाई पञ्चेश्वर– ४ को आम्चोरा जाने बाटोमा मोबाइल नियन्त्रणमा लिएका थिए। त्यसको दुई दिनपछि मोबाइल फिर्ता लिन भन्दै शिवनाथ गाउँपालिका– ६ को ओल्याओखडानी ठूलखोला सामुदायिक वनमा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ।