१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनअपेक्षा पूरा गर्न ‘डू एन्ड डाई’को मनस्थितिले काम गर्छौं : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४१:oo

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डू एन्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताए। शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी काममा खटिने योजना रहेका सुनाए।

एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने उल्लेख गर्दै उनले सबैको सहयोग पाए जनहितमा काम गर्न सकिने प्रस्ट पारे। अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझाबकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटकपटक दोहोर्याए।

‘कतिपयले त अन्तिम आशासमेत भन्नुहुन्छ। मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ। अन्तिम आशा हो भनिदिनुहुन्छ। अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले काम गर्न सकेनौँ भने के हुन्छ? अन्तिम आशा तोडियो भने के हुन्छ? देश निराशामा जान्छ, जनता निराशामा जान्छन्। जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यहीस्तरको हुनुपर्छ। हामी पनि डू एन्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ,’ उनले भने।

ad
ad