१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
कमल खत्री म्याग्दी
Invalid date format १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्न महायज्ञ

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

म्याग्दीको मंगला गाउँपालिका– १ स्थित पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्न महायज्ञ सुरु भएको छ। प्राथमिक स्वास्थ्य सेवा लिनसमेत घन्टाैं पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपछि समुदायस्तरबाटै आफैँ लगानी जुटाउन महायज्ञ सुरु गरिएको हो।

मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवनिर्वाचित प्रदेश सभा सदस्य रेशम जुग्जालीले उद्घाटन गरेका छन्। महायज्ञको उद्घाटन गर्दै जुग्जालीले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु राज्यको दायित्व रहेकाले प्रदेश सरकारमार्फत पूर्वाधार निर्माणमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट संकलन हुने रकमबाट ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य इकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए।

महायज्ञमा स्वामी प्रपन्नाचार्य देवराज सुवेदीले मुख्य कथा वाचन गरेका छन्। महायज्ञको पहिलो दिन नै दाताहरूमार्फत् आठ लाख ६४ हजार नाै सय ८५ रुपैयाँ संकलन भएको आयोजक समितिका सचिव गोविन्दप्रसाद सुवेदीले जानकारी दिए।