१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नुहुँदैन : उपसभापति खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२१:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा  श्रद्धाञ्जली अर्पण गर्न पुगेका खड्काले यस्तो बताएका हुन्।

पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको उल्लेख गर्दै उनले देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने बताए। अहिले कांग्रेसभित्र एकताको वातावरण बनाउन आवश्यक रहेको भन्दै उनले दलको नेताको निर्वाचन सर्वसम्मत रूपमा गर्नुपर्ने बताए।

‘सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ, सत्तागठबन्धन होमिएको छ। विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ। सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको वेलामा धेरै दायाँबायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने।

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकांक्षालाई अन्यथा मान्नु नहुने उल्लेख गर्दै सबैको महत्वाकांक्षालाई त्यागेर सबैको सम्मान र भूमिका रहने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।