मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्राधिकरणले तीन महिनामा साढे आठ अर्ब नाफा कमायो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँबराबरको नाफा कमाएको छ।
 
चालू आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत)अनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट रु. ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ। आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले रु. आठ अर्ब ५० करोड (करअघि) नाफा कमाएको हो।

सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालू आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलाप समेटिएको विवरणअनुसार प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट रु. १४ अर्ब १५ करोडबराबरको विद्युत् खरिद गरेको छ।

आफ्नो स्वामित्वमा रहेका विद्युतगृहबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद रु. २२ अर्ब २० करोड आम्दानी भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ।

आव ०७२/७३ मा रु. आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ। आव ०७६/७७ मा रु. ११ अर्ब ७५ करोड पुगेको प्राधिकरणको नाफा आव २०७७/७८ मा घटेर रु. ६ अर्ब नौ करोडमा सीमित भएको थियो। गत आव ०७८/७९ मा प्राधिकरणले नाफालाई बढाएर रु. १६ अर्ब १६ करोडबराबर पुर्‍याएको थियो।