मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निटफेस्टको सातौँ दिनमा मजदुरको कथा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को सातौैँ दिनमा मजदुरको कथा बोकेको इटालीको नाटक प्रस्तुत हुँदै छ। बिहीबार मञ्चन हुने नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ।

उत्तरआधुनिक परिवेशमा एक मानिस एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय नभई उपकरणको रूपमा मात्र लिने औद्योगिक मालिकहरूको प्रवृत्तिलाई यस नाटकले मञ्चन गर्छ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्याह्न १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ। त्यस्तै, सातौँ दिनको प्यानल डिस्कसनको विषय ‘थिएटर शिक्षा : अवसर र चुनौती’ रहेको छ। साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरू र थिएटर व्यक्तित्वबीच अन्तर्क्रिया हुने बताइएको छ।

बिहीबारै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चान हुँदै छ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एकवर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिँदै छ।