१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्डस्को नोमिनेसन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

नेपाली आकाशमा उडान भरिरहेका वायुसेवालाई विभिन्न १६ विधामा अवार्ड दिइने भएको छ । १३ डिसेम्बर १३ का दिन एक विशेष समारोह आयोजना गर्न आयोजकले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नौ सदस्यीय नोमिनेसन बोर्ड गठन गरेको छ । 

नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यसलाई थप उपभोक्तामुखी बनाउन सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्डस् नेपाल २०२२ घोषणा गर्न लागेको आयोजकले जनाएको छ ।

अवार्डको नोमिनेसन बोर्डमा नायिका वर्षा राउत, इतिहाद एयरवेजकी पूर्वमहाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गीता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, सेलिब्रेटी फोटोग्राफर राजभाइ सुवाल, इन लाइट सेफ वेद अधिकारी, स्प्यारो एसएमएसका सहसंस्थापक मनीष मोदी र गैरआवासीय नेपाली संघकी पूर्वउपाध्यक्ष सपिला राजभण्डारी रहेका छन् ।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने अवार्डस् नेपालमा हाल काठमाडौं भएर अन्तर्राष्ट्रिय उडान भर्दै आएका २७ वायुसेवा प्रदायक र आन्तरिक तर्फका नौवटा वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् ।