१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार १०:४५:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार १०:४५:००

फेसन टिप्स

अहिले विवाहको मौसम चलिरहेको छ । बजारमा दुलाहा–दुलही र विवाह पार्टीमा सरिक हुनेहरूका लागि नयाँ–नयाँ शैलीका पहिरन उपलब्ध छन् । बेहुलाले ढाकाको दौरा–सुरुवाल र कोट लगाउने फेसन पछिल्लो समय बढेको छ । अझै पनि विवाह मण्डपमा बेहुलीलाई बनारसी सारीमा सजाउने गरिन्छ ।

तर, पार्टीका दिन ढाकाको स्टाइलिस सारी वा लेहेंगामा बेहुलीको नजर पर्ने गर्छ । आजकल विवाहमा सरिक हुन आउने अन्य पाहुनाले पनि ढाकाकै पहिरन प्रयोग गर्ने क्रम बढेको छ । यो पहिरनले एकातर्फ नेपालीपन झल्काउँछ, अर्कोतर्फ जाडोमा न्यानो बनाउँछ । 

- ढाकाबाट दौरा–सुरुवाल, लेहेंगा, स्कर्ट, कुर्ता, चौबन्दी चोलीलगायत पहिरन बन्ने गरेको छ । महिलाका लागि चौबन्दी चोली र पुरुषले दौरा–सुरुवाल र कोट लगाउने गरेका छन् । विवाहमा रातो नै लगाउनुपर्छ भन्ने सोच र ट्रेन्डमा पनि परिवर्तन आएको छ । 

- ढाकाको चौबन्दी चोली–सारी कम्बिनेसन ट्रेन्डिङमै छ । जस्तो– मरुन, हरियो, पिंक र हरियो, रातो र गोल्डेन गरी कलर कम्बिनेसन गर्ने चलन छ । 

- चौबन्दी चोलीको आफ्नै फर्म्याट छ । आफ्नो शरीरको बनावटअनुसार डिजाइन गरिन्छ । चौबन्दी चोलीलाई बुटिकले आधुनिक लुक्स दिन पनि सकिन्छ । यसलाई फेसनेबल डिजाइन गरी शरीरको नापअनुसार फिटिङ रूपमा तयार पारिन्छ ।

- नेपाली ढाका र यसबाट निर्मित पहिरन उत्कृष्ट र राम्रा हुन्छन् । चौबन्दी चोली तयार पार्दा परम्परागत आधारमा त्यति धेरै अन्तरचाहिँ हुँदैन । भित्रबाट तुना बाँधेर लगाउने गरी तयार पारिन्छ । खासगरी, पहिले सामान्य सुतीको कपडामा यस्तो ड्रेस तयार पारिन्थ्यो र गुन्यु–चोली नै लगाउने गरिन्थ्यो । 

- पछिल्लो समय मखमल र सिल्कको कपडाको चोली सिलाउने प्रचलन पनि बढ्दो छ । त्यसमा बुट्टा बनाउने प्रचलन छ । ढाका सारीमा यसको कम्बिनेसन राम्रो देखिन्छ । 

- बुट्टाका लागि विशेषगरी गोल्डेन कलर प्रयोग गरिन्छ । यसका साथै रातो र ओरेन्ज, ब्ल्याक, मरुन आदि कलर पनि प्रयोग गर्न सकिन्छ ।

-  त्यस्तै, ढाकाकै कोट–पाइन्ट पनि पाइन्छ । जसलाई हातले बुनेर पनि बनाउनुपर्छ । त्यसैको प्रयोग गरिन्छ । 

- अहिले लेहेंगा र सारीमा चोली लगाउने प्रचलन अत्यधिक बढेको छ । यसले परम्परागत र फेसनेबल लुक्स दिन सहयोग पुर्‍याउँछ । 

- बेहुलीका लागि पनि ब्लाउजको साटो चोली प्रयोग गर्ने चलन बढेको छ । रोयल लुक्स दिनका लागि यस्तो प्रयोग गरिन्छ ।