
स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना सुरु हुने भएको छ। चार घण्टा चलेको सर्वदलीय बैठकले आज बेलुकी ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले मतगणना सुरु गर्न हिजो निर्देशन दिएपछि आज सहमतिका लागि दलहरूबीच सर्वदलीय बैठक भएको थियो। लामो समयको प्रयासपछि सर्वदलीय बैठकले मत गणना गर्ने सहमति गरेको हो।
अहिले मतपेटिकाहरू मिलाउने काम भइरहेको छ।