
कतारमा जारी विश्वकप फुटबल महिला रेफ्रीहरूले खेलाउँदै छन्। पुरुष विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्रीहरूले खेलाएर इतिहास कायम गर्दै छन्।
विश्व फुटबल महासंघ (फिफा)का अनुसार बिहीबार मध्यरात हुने जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्री मैदानमा देखिनेछन्।
सो खेलको प्रमुख रेफ्री स्टेफनी फ्रापार्ट हुनेछिन्। उनलाई सहायक रेफ्रीहरू नेउजा ब्याक र करेन डियाजले साथ दिनेछन्।
पुरुष विश्वकपकै इतिहासमा पहिलोपटक महिला रेफ्रीलाई निर्णायकको जिम्मेवारी दिने निर्णय यसैपटक भएको हो।