Skip This
अयडीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एमाले बाजुराद्वारा रिले अनशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Monday, 10 August, 2026
गगन अयडी बाजुरा
२o७९ मङ्सिर १४ बुधबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अयडीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एमाले बाजुराद्वारा रिले अनशन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १७:१२:oo

नेकपा एमाले बाजुराले विद्यार्थी नेता चेतनदीप अयडीकाे हत्याका दोषीलाई कारबाहीको माग रिले अनशन सुरु गरेकाे छ। अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको हत्यामा संलग्नलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने माग राख्दै एमाले बाजुराले जिल्ला प्रशासन कार्यालयअगाडि रिले अनशन सुरु गरेको हो।

त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानका दिन भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले अयडीको घरमै गएर कुटपिट गरी हत्या गरेको उनीहरूले आरोप लगाएका छन्।

अयडीलाई घरभित्रबाट तानेर निर्घात कुटपिटपछि हत्या गरिएको भए पनि दोषीलाई प्रकाउ नगरेको भन्दै रिले अनशन सुरु गरेको अनेरास्ववयिुका नेता नरेश रोकायाले बताए। उनीहरूले कांग्रेसले कब्जा गरेका मतदान केन्द्रमा पुनः मतदान, दोषीलाई कारबाहीलगायतका माग राखेका छन्। 

त्रिवेणी ७ मा निर्वाचनका दिन दिउँसो मतदानको समयमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीको गोली लागेर लागेर स्थानीय कांग्रेस कार्यकर्ता सञ्जीव अयडीको घटनास्थलमै मृत्यु भएको थियो। सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएपछि विवादले चर्को रूप लिएको थियो।

सञ्जीवको मृत्युपछि कांग्रेस कार्यकर्ताले घर–घरमा गएर एमाले कार्यकर्तामाथि कुटपिटसमेत गरेका थिए।