मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर १३ मंगलबार १८:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा १५२ जना उम्मेदवारको जमानत जफत 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर १३ मंगलबार १८:४७:००

मोरङमा जम्मा १ सय ५२ जना उम्मेदवारको जमानत जफत भएको छ। मोरङमा प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धा गरेका कुल १०५ जना उम्मेदवारमध्ये ७३ जनाको र प्रदेश सभातर्फ प्रतिस्पर्धा गरेका १ सय १० जनामध्ये ७९ जनाको जमानत जफत भएको हो। 

निर्वाचन कार्यालय मोरङले दिएको जानकारीअनुसार मोरङमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा ५ स्वतन्त्रसहित ११ जना, २ नम्बरमा ३ स्वतन्त्रसहित ११ जना, ३ नम्बरमा ८ स्वतन्त्रसहित १४ जना, ४ नम्बरमा ५ स्वतन्त्रसहित १३ जना, ५ नम्बरमा ६ स्वतन्त्रसहित १३ जना र ६ नम्बर क्षेत्रमा ३ स्वतन्त्र सहित ११ जनाले जमानत गुमाएका छन्। 

यसैगरी, प्रदेश सभा १ (१ )मा १ स्वतन्त्रसहित ३ जना १(२) मा १ स्वतन्त्रसहित ५ जना २(१) मा ४ स्वतन्त्रसहित १० जना र २(२) मा २ स्वतन्त्रसहित ८ जनाको जमानत गुमेको छ। यसैगरी, ३(१) मा एक स्वतन्त्रसहित ४ जना ३(२) मा ४ स्वतन्त्रसहित १० जनाले जमानत गुमाएका छन्। 

४(१) मा १ स्वतन्त्रसहित ५ जना र ४(२) मा २ स्वतन्त्रसहित ६ जनाको जमानत जफत भएको छ। ५(१ मा १ स्वतन्त्रसहित ३ जना र ५(२) मा ५ स्वतन्त्रसहित १० जना अनि ६(१) मा ५ स्वतन्त्रसहित १० जना र ६(२) मा १ स्वतन्त्रसहित ८ जनाको जमानत जफत भएको छ। 

मोरङमा कुल ७ लाख ३५ हजार ५ सय ३५ मतदाता थिए। तीमध्ये ६६ दशमलव २२  प्रतिशत अर्थात् ४ लाख ८७ हजार ४७ जनाले मतदान गरेका थिए। जसमा ५ हजार १ सय ८७ मत बदर भएको थियो। सदर मतमध्ये ८० हजार ४ सय ८६ मत सदर भएको थियो। 

मोरङमा कुल सदर मतमध्ये दश प्रतिशत मत पाउन नसकेका उम्मेदवारको जमानत जफत भएको हो। यहाँ उम्मेदवारहरूले प्रतिनिधिसभातर्फ प्रतिउम्मेदवार १० हजार र प्रदेश सभातर्फ ५ हजार धरौटी जम्मा गरेर मनोनयन दर्ता गराएका थिए।