१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
२०७९ मङ्सिर १३ मंगलबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र पार्टीबारे ओली– अस्तिसम्म स्याप्पै थियो, हावा नहाली कसरी यत्रो भयो ?

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार १६:५७:००

एमाले अध्यक्ष केपी ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गरेका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले उक्त पार्टीको नाम र चिह्नलाई लिएर आलोचना गरेका हुन्।

अमेरिकाको फ्रिडम पार्टी र त्यसको चुनाव चिह्न घन्टीकै झलक दिने गरी लामिछानेले आफ्नो पार्टीको नाम र चिह्न राखेको भन्दै ओलीले यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर गरे। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बेलुनसँग तुलना गर्दै उनले भने, ‘संयोग नै होला। अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन। तर, हावा नहाली कसरी भयो यत्रो ? केही त होला।’

अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने गतिविधिले नेपालको गर्व गर्नलायक इतिहासलाई बिर्साउने खतरा रहेको ओलीको तर्क छ।