१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसकारण बालबालिकालाई खेलाउनुस् फुटबल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४३:oo

अहिले विश्वकपको माहोल तातिरहेको छ । धेरै खेलप्रेमी फुटबल हेर्नका लागि टिभी स्क्रिनवरपर झुम्मिइरहेका छन् । नेपालमा पनि ठूलो संख्यामा फुटबल फ्यान छन् । फुटबल सबै उमेर समूहका व्यक्तिको प्यारो खेल हो । तर, विशेषगरी बालबालिकामा यस खेलको क्रेज अझै ज्यादा छ । आफूलाई मन पर्ने टिम वा खेलाडीको नम्बर अंकित जर्सी लगाएर हिँड्ने रहर धेरै बालबालिकाले गर्ने गरेको देखिन्छ ।

हरि खड्का, फुटबल प्रशिक्षक

यस मौसममा उनीहरू आफैँ फुटबल बोकेर चौरमा निस्कन्छन् । यसरी फुटबल मोह राख्ने बालबालिकालाई हामीले यस खेलमा निरन्तर संलग्न गराउन सक्यौँ भने उनीहरूको भविष्यसँगै देशको प्रतिष्ठा पनि उँचो हुनेछ । आजका बालबालिकाले भोलि देशलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरू जिताउन सक्छन् । नेपाली फुटबलको विकास गर्नका लागि पनि हामीले ग्रासरुटमा ध्यान दिनुको विकल्प पनि छैन । 

शारीरिक तथा मानसिक विकासमा सहयोगी 
बालबालिकाले मोबाइल वा कम्प्युटरमा गेम खेलेर धेरै समय बिताउने गरेको गुनासो गर्ने अभिभावक धेरै छन् । यसरी भर्चुअल संसारमै रमाउँदा कतिपय बालबालिकामा मानसिक समस्यासमेत देखिने गरेको छ । उनीहरू रिसाउने, झर्कने, एक्लै समय बिताउने, सामाजिक गतिविधिमा घुलमिल हुन मन नगर्नेलगायत समस्या देखिएका छन् । उनीहरूलाई दैनिक रूपमा केही समय फुटबल खेलाउने हो भने त्यस्ता समस्या आफैँ हराएर जान्छन् ।

स्वस्थ प्रतिस्पर्धा र मित्रताको भावना विकास हुन्छ । समाजमा घुलमिल हुने मात्रै होइन, भोलि नेतृत्व गर्न सक्ने अवस्थामा पुग्छन् । अनुशासन र आत्मविश्वासको विकास हुन्छ । फुटबल शारीरिक ऊर्जा र शक्ति चाहिने खेल हो । यसमा कहिले हेड, कहिले ड्रिब्लिङ (बल दौडाउँदै कुद्ने), कहिले पास र गोलकिपरले बल समात्नका लागि उफ्रनुपर्ने पनि हुन्छ ।

यसरी कुद्ने, हिँड्ने र उफ्रने गर्दा मांसपेशीहरू अत्यधिक सक्रिय हुन्छन्, क्यालोरी खर्च हुन्छ र शरीर लचकदार हुन्छ । रक्तसञ्चार र शरीरका अंगहरूबीचको संयोजन पनि राम्रो हुन्छ । त्यस्तै, मस्तिष्कको कार्यक्षमता पनि बढेर जान्छ । यो खेल त्यति महँगो पनि छैन । एउटा बल, खुला स्पेस र साथीभाइ भएमा जहाँ पनि खेल्न सकिन्छ । कतिले त खुला स्पेसमा एक्लै फुटबल अभ्यास पनि गर्छन् ।

राम्रो फुटबलर यसरी बन्ने 

- सबैभन्दा पहिले प्यासन हुनुपर्छ । खेलमा इन्जोय गर्न आवश्यक छ । बच्चैदेखि फुटबल खेल्नेहरूमा यस खेलप्रति बेग्लै लगाव हुने गरेको मैले देखेको छु । त्यसैले १०–१२ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गर्दा राम्रो हुन्छ । यसले फुटबल खेलप्रति लगाव बढाउँछ । 

- अनुशासन महत्वपूर्ण पक्ष हो । फुटबलमा नियमित लागिसकेपछि खानपान र जीवनशैलीमा सुधार आउँछ । समयमा उठ्ने, समयमै सुत्ने, स्वस्थ खानेकुरा मात्रै खाने बानीको विकास हुन्छ । व्यावसायिक फुटबलर बन्नका लागि यो अनिवार्य सर्त हो । यसलाई निरन्तरता दिन सक्नेले भविष्यमा अन्य क्षेत्रमा लागे पनि प्रगति गर्न सक्छन् । 

- फुटबल खेल आफ्नो स्किल प्रदर्शन गर्ने माध्यम पनि हो ।स्किल राम्रो बनाउनका लागि हरले मात्रै पुग्दैन, मिहिनेत पनि गर्नुपर्छ । त्यसैले फुटबलले मिहिनेती हुन पनि सिकाउँछ । 

- सानैदेखि यस खेलमा लाग्नेहरूमा फुटबल खेलेर देशको नाम उँचो राख्छु भन्ने भावना विकास हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने सपना देखेका हुन्छन् । यस अर्थमा फुटबलले राष्ट्रभाव विकास गराउँछ । 

- फुटबल खेलेर स्कुल वा उमेर समूहका विभिन्न प्रतियोगितामा जित हासिल गर्दा खेलाडीमा बेग्लै ऊर्जाको विकास हुन्छ । उनीहरू आत्मविश्वासी बन्छन् । 

-  आफूलाई मन पर्ने खेलाडीलाई नजिकबाट पछ्याइरहेका हुन्छन् । उनीहरूले ती खेलाडीको जीवनबाट पनि प्रेरणा लिइरहेका हुन्छन् । गरिबी र अभाव चिर्दै विश्व फुटबलमा आफ्नो छाप छाड्ने खेलाडीको संख्या ठूलो छ । त्यस्ता खेलाडीको जीवनले संघर्ष गर्न र हरेस नखान प्रेरणा दिन्छ । 

- फुटबल खेल्नुको मज्जा नै बेग्लै छ । यसले दिमागलाई रिल्याक्स गराउँछ । साथीभाइसँगको सम्बन्ध सुमधुर बनाउँछ । 
 

ad
ad