मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डुम्रे-बेँसीसहर सडकको उदीपुरखण्ड एक साता बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

असारको सुरुवातमै पहिरोले सडक बगायो। चार महिनापछि सञ्चालनमा आएको बेँसीसहर नगरपालिका- १ उदीपुरको अस्थायी सडक फेरि एक साताका लागि बन्द हुने भएको छ। 

बेँसीसहर–डुम्रे राजमार्गमा पर्ने लमजुङको उदीपुरमा निर्माण गरिएको अस्थायी सडकमा आइतबारबाट पुल मर्मत कार्य सुरु भएसँगै सठक बन्द भएको हो। सडकखण्डलाई फराकिलो बनाएर वर्षायाममा समेत सञ्चालनमा हुन सक्ने गरी सडक मर्मत  थालिएको प्रशासनले जनाएको छ।

अघिल्लो वर्ष खसेको पहिरोबाट सडक भासिएपछि वैकल्पिक मार्ग निर्माण गरिएकोमा असार पहिलो साता फेरि उदीपुरको देउराली डाँडाबाट पहिरो खस्दा गत वर्ष निर्माण गरिएको डाइभर्सन सडकसमेत बगाएको थियो। 

डुम्रे–बेँसीसहर सडकखण्डका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले एक सय ६० मिटर चौडाइको पहिरो खसेपछि कम्तीमा पाँच मिटर चौडाइको एक सय मिटर लामो अस्थायी सडक निर्माण गरेर सवारीसाधन सञ्चालनमा ल्याइएकोमा पुनः एक साताका लागि बन्द गरेर मर्मत थालिएको बताए।

नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाइभर्सनबाटै उठाइने र यसका लागि २२ करोड रुपैयाँको बजेट स्वीकृत भएको उनले बताए। उक्त बजेटबाट यसअघिको सडकलाई जोडिने गरी एक सय ६० मिटरको सडक निर्माण गरिने आयोजना प्रमुख पन्तले बताए।

सडक बन्द भएसँगै चार महिनासम्म नेपाली सेनाको चण्डीप्रसाद गणबाट सवारीसाधन आवतजावत गरिएको थियो। अहिले पनि एक साताका लागि उक्त सडकबाट सवारी आवतजावत गरिएको छ।

यस वर्ष वर्षा लाग्नेबित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाकसमेत पूरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको थियो। उदीपुरमा  ०७८ भदौमा पनि पहिरोले सडक बगाएको थियो।