१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी हुन् जाडोमा गर्भवतीले ध्यान दिनुपर्ने कुरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४२:oo
  • बढी चिसो भयो भन्दैमा चिया–कफी धेरै खानु हुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ । बरु अन्डा, मासु, झोल पदार्थ आदि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । 
  • गर्भवती अवस्थामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोले छिटो समात्ने गर्छ र रुघाखोकी चाँडै लाग्छ । यसबाट बच्न न्यानो लुगा लगाउने र तातो खानेकुरा खानुपर्छ ।
  • यो अवस्थामा समयमा खाना नरुच्ने र नपच्ने हुन्छ । तसर्थ, शरीरमा भिटामिन सीको कमी हुन नदिन कागतीपानी, सुन्तला आदि नियमित खानुपर्छ । 
  • शरीरमा पानीकोअभाव हुँदा पिसाबमा संक्रमण हुने र बच्चा छिटो जन्मिने भएकाले प्रशस्त पानी पिउनुपर्छ । 
  • बढी भिडभाडमा जानु हुँदैन । प्रदूषणबाट बच्न बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्छ । 
ad
ad