१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वेल्स र इंग्लिस समर्थकबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५४:oo

विश्वकपको पहिलो चरणका खेल समाप्तिसम्म अप्रिय घटना भएनन् । मैदानभित्र अप्रत्याशित नतिजा निस्किए पनि समर्थकहरू शान्त नै रहे । तर, शनिबार राति अप्रत्याशित रूपमै इंग्ल्यान्ड र वेल्सका समर्थकबीच झडप भएको छ । यी दुवै टोली एकै समूहमा छन् । अहिलेसम्म प्रतिस्पर्धा भएको छैन । समूहको तेस्रो तथा अन्तिम खेलमा वेल्स र इंग्ल्यान्ड खेल्नुअघि नै समर्थकबीच तनाव भइसकेको थियो । डे लास अमेरिकान्समा अचानक वेल्स र इंग्ल्यान्डका ‘हुल्याहा’ समर्थक एकआपसमा जाइलागे । 

सडकमै भएको झडपमा कुर्सी प्रहार गर्नुका साथै मुक्का हान्ने र किक हिर्काएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । व्यस्त बजारमा अचानक दुई समूहबीच घम्साघम्सी हुँदा सुरुमा फिलिम सुटिङ भइरहेको जस्तो थियो । तर, केही छिनमै माहोल खराब हुँदै गयो । सुरुमा वेल्सका समर्थकले इंग्ल्यान्डका समर्थकमाथि मुक्का हानेका थिए । झडपको कुनै विषय थिएन । केवल रिसइबी फेर्नु मात्र उनीहरूको उद्देश्य थियो । झडप भइरहेको दृश्य अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकतामा राखेका छन् । ट्विटरमा एकछिनमै दुई लाखले लाइभ हेरेका थिए ।

इंग्ल्यान्ड र अमेरिकाबीचको खेल १–१ को बराबरी भएपछि वेल्सका समर्थक दंग परेका थिए । पहिलो खेलमा इरानमाथि ६–१ को सानदार जित निकालेपछि इंग्ल्यान्डले अमेरिकालाई पनि फराकिलो अन्तरले पराजित गर्ने अपेक्षा समर्थकले राखेका थिए । तर, खेलको नतिजा बराबरी आउँदा इंग्लिस समर्थक रिसाएका थिए । 
त्यहीँ नै वेल्सका समर्थक दंग थिए । अन्तिम खेलमा विजयी हुँदा वेल्सको पनि नकआउट चरणमा पुग्ने सम्भावना छ । ‘ब्रिटिस फुटबलको कल्चर राम्रो र नराम्रो छ, मैदानमा २२ खेलाडी प्रतिस्पर्धा गर्नुअघि नै बाहिर समर्थकहरूबीचको विश्वकप सुरु भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘यस किसिमको घटनाले फुटबल नै लज्जित हुने गर्छ ।’ 

ad
ad