१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १२ सोमबार ०७:५१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ०७:५१:००

अहिलेको निर्वाचन परिणामलाई  कसरी हेर्नुभएको छ ?
यो निर्वाचनबाट सत्तारूढ गठबन्धन आधी सफल र आधी असफल भएको छ । कांग्रेसले कम्युनिस्टको शक्ति विस्तारमा ठूलो सहयोग पुर्‍याएको छ । एमाले र उसको नेतृत्वले पनि ठूलो पाठ सिकेको हुनुपर्छ । मधेसी दलहरूको मधेसबाटै करिब–करिब सफाया भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको आकर्षक सफलताले गर्दा युवाको सम्भावित ठूलो विद्रोहलाई रोकेको छ । यो निर्वाचन परिणामले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको अहंकारलाई केही हदसम्म झारेको छ । 

अबको सरकार कस्तो बन्न सक्ने  सम्भावना देख्नुहुन्छ ?
अहिलेको निर्वाचनबाट सत्तारूढ गठबन्धनले प्रस्ट बहुमत प्राप्त गर्ने निश्चित भएको छ । त्यसैले, सरकार यही गठबन्धनकै बन्छ । तर, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने अहिल्यै अनुमान गर्नु हतारो हुनेछ । किनकि, कांग्रेसभित्रै पनि संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्विरोध हुने अवस्था छैन । उनले शेखर कोइराला या गगन थापाबाट चुनौती सामना गर्नुपर्नेछ । 

वाम दलहरूबीच सरकार गठनमा सहकार्य हुन सक्ने  सम्भावना कति देख्नुहुन्छ ?
तत्काल वाम शक्तिहरूको सहकार्य हुने र उनीहरूको सरकार बन्ने कुनै सम्भावना देखिँदैन । अहिलेको निर्वाचन परिणामबाट उनीहरूको मात्र बहुमत पुग्ने अवस्था पनि छैन ।