१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नातिसराले पाइन् ‘कमला भासिन अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१३:oo

एचआइभी संक्रमित महिलाका लागि काम गर्ने नातिसरा राईले कमला भासिन अवार्ड पाएकी छिन् । शक्ति मिलन समाजकी सहसंस्थापक तथा कार्यकारी निर्देशक राईले शनिबार उक्त अवार्ड पाएकी हुन् । 

कार्यकारी निर्देशक राईको संस्थाले एचआइभी संक्रमित महिलाहरूको शिक्षा, स्वास्थ्य, जीविकोपार्जका लागि सहयोग गर्दै आएको छ । १३ वर्षकै उमेरमा भारतमा बेचिएकी उनीसँगै तीनजना महिला मिलेर सन् १९९६ मा संस्था स्थापना गरेका थिए । एक लाख राशिको पुरस्कार उनीसँगै भारतकी यौनिक अल्पसंख्यक विद्या राजपूतले पनि पाएकी छिन् । 

भारतीय कवि, लेखक तथा महिला अधिकारकर्मी भासिनको सम्झनामा स्थापना गरिएको पुरस्कार दक्षिण एसियामा लैंगिक समानताका लागि काम गर्नेहरूलाई प्रदान गरिन्छ ।

ad
ad