मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ११ आइतबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख नै बने सांसद

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ११ आइतबार १४:३२:००

मुगुका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीका जिल्ला अध्यक्षहरू यसपटकको निर्वाचनबाट सांसद बनेका छन् । एकजना प्रतिनिधिसभा र दुई जना प्रदेश सभामा चुनिएका हुन् । 

मुगुका कांग्रेसका सभापति ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 
गत ९ असोजमा भएको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका शाही ४ मंसिरको मतदानबाट प्रतिनिधिसभामा सांसद बनेका हुन् । उनले १४ हजार ७०२ मत ल्याई निकटतम प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतले पछि पारे । 

नेकपा एमालेका जिल्लाअध्यक्ष जीतबहादुर मल्ल पनि प्रदेश सांसद बनेका छन् । गत वर्ष भएकाले एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका मल्ल प्रदेश सभा (१) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भए । 

६ हजार ६१८ मत ल्याई मल्ल विजयी हुँदा निकटतम प्रतिस्पर्धी सत्तागठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका गोपालबहादुर बमले चार हजार ८८४ मत प्राप्त गरे । 

यस्तै, माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही प्रदेश क्षेत्र नम्बर (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी माओवादीका जिल्ला इन्चार्ज हुन् ।

शाहीले आठ हजार ४२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर मल्लले चार हजार ८८४ मत प्राप्त गरे । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शाहीले जिल्लाको शिक्षा, स्वास्थ्य र तथा पर्यटन विकासमा जोड दिने प्रतिक्रिया दिएका छन् । साथै, बाढीपहिरोपीडित परिवारलाई राहतको निम्ति सरकारसँग पहल गर्ने बताएका छन्  ।