१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनको गृहकार्य

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:३२:oo

अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनका लागि गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले गृहकार्य थालेका छन् । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको र बहुमतको सुनिश्चितता भइनसके पनि शीर्ष नेताले चुनावी समीक्षा र सम्भावित भावी सरकार समीकरणमाथि गृहकार्य थालेका हुन् । 

निर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । निर्वाचनपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । स्रोतका अनुसार दुवै नेता वर्तमान सत्तागठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा देउवा र प्रचण्डबीच शनिबार बिहान भएको छलफलमा गठबन्धनको बैठक बोलाएर अगाडि बढ्ने सहमति भएको छ । कांग्रेस सभापति देउवाले पार्टीमा दलको नेता बन्ने तयारीसमेत थालिसकेका छन् । गठबन्धनमा भोट ट्रान्सफर नभएको भन्दै एक–अर्काप्रति गुनासा सतहमा आएका छन् । 

देउवा र प्रचण्डबीच अहिलेकै सत्तारूढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरू निकट नेताले बताएका छन् । कांग्रेस नेता गोपालमान श्रेष्ठले गठबन्धन निरन्तर अगाडि बढ्ने बताए । ‘सभापति र माओवादी अध्यक्षबीच निर्वाचनपछि छलफल भयो । निर्वाचनको सामान्य समीक्षा भएको छ । यही गठबन्धन अगाडि बढ्छ । छिट्टै गठबन्धन दलहरूको बैठक बसेर औपचारिक निर्णय हुन्छ,’ उनले भने । 

गोपालमान श्रेष्ठ, कांग्रेस नेता: सभापति र माओवादी अध्यक्षबीचको छलफलमा निर्वाचनको सामान्य समीक्षा भएको छ । यही गठबन्धन अगाडि बढ्छ । छिट्टै गठबन्धन दलहरूको बैठक बसेर औपचारिक निर्णय हुन्छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले दुई नेताबीच चुनावको समीक्षा भएको र गठबन्धनलाई कायम राखेर अगाडि बढ्ने समझदारी रहेको बताए । प्रत्यक्षतर्फको सबै नतिजा आएपछि गठबन्धनको बैठक बसेर औपचारिक निर्णय हुने बताए । उनले भने, ‘निर्वाचनको गहन समीक्षा भएको छ । गठबन्धन एकीकृत रहन्छ । प्रत्यक्षतर्फका सबै परिणाम आएपछि गठबन्धनको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’

प्रचण्डको सचिवालयले दुई नेताबीच निर्वाचनको समीक्षा भएको र गठबन्धन दलको बैठक बसेर अगाडि बढ्ने समझदारी भएको बताए । ‘निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भयो,’ उनले भने, ‘गठबन्धनको बैठक बोलाउने समझदारी छ ।’

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए । उनले भने, ‘परिणाम आउने क्रम जारी नै छ । छलफल भइसकेको छैन । पार्टीले समीक्षा पनि गरेको छैन । परिणाम आइसकेपछि छलफल हुन्छ ।’

सुरुमा सरकार गठनको अंकगणिको सुनिश्चितता गर्ने र समग्र पावर सेयरिङसहित अगाडि बढ्ने विकल्पबारे नेताहरूको छलफल छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सातै प्रदेशका मुख्यमन्त्रीको पनि बाँडफाँड हुने भएकाले नेताहरूले यसमाथि पनि नजर लगाएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छ । 

हालसम्मको परिणामअनुसार सत्तारूढ गठबन्धन बहुमततर्फ उन्मुख भएको छ । हालसम्म कांग्रेस ५१ क्षेत्रमा विजयी भएको छ भने पाँच क्षेत्रमा अगाडि छ । माओवादी १७ क्षेत्रमा विजयी भएको छ भने एक क्षेत्रमा अगाडि छ । एकीकृत समाजवादी १० क्षेत्रमा विजयी भएको छ । लोसपा चार र जनमोर्चा एक क्षेत्रमा विजयी भएका छन् । सत्तारूढ गठबन्धनले समर्थन गरेको प्रभु साहसहित उनीपक्षीय तीन सांसद निर्वाचित भएका छन् । 

प्रत्यक्षतर्फबाहेक सत्तारूढ गठबन्धनलाई बहुमतका लागि ४४ सिट पुग्दैन । हालसम्म प्राप्त समानुपातिक मतअनुसार कांग्रेस र माओवादीले समानुपातिकमा ४६ सिटआसपास जित्ने देखिन्छ । कांग्रेसले समानुपातिकमा कम्तीमा ३२ र माओवादीले कम्तीमा १४ सिट जित्ने देखिन्छ । एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने–नकटाउने निश्चित छैन ।
 

ad
ad