१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २२:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरमा एमाले ठूलो दल, रास्वपाको धमाकेदार इन्ट्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:५४:oo

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मकवानपुरको मतगणना सम्पन्न भएको छ । मतपरिणामअनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ । 

यस्तै, नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बन्न सफल भएको छ । माओवादी र राप्रपा क्रमश चौथो र पाँचौँ हुँदा सत्ता गठबन्धनको एउटा घटक एकीकृत समाजवादी छेटौँ दल बनेको छ  ।

५० हजार ८०४ मतसहित पहिलो दल बनेको एमालेले प्रतिनिधिसभाका दुवै क्षेत्रमा पहिलो मत प्राप्त गरेको छ । उसले क्षेत्र नम्बर १ मा २२ हजार ६१६ र २ नम्बर क्षेत्रमा २८ हजार १९३ मत पाएको छ । 

जिल्लामा दोस्रो ठूलो दल बनको कांग्रेसले ३६ हजार २६४ मत पाएको छ । क्षेत्र नम्बर १ मा भने कांग्रेस १४ हजार ७५३ मतसहित तेस्रो स्थानमा छ । यहाँ १८ हजार ६०७ मतसहित रास्वपा दोस्रो स्थानमा छ । कांग्रेस क्षेत्र नम्बर २ मा भने २१ हजार ५११ मतसहित दोस्रो स्थानमा छ ।

तेस्रो ठूलो दल बनेको रास्वपाले २९ हजार ८८९ मत पाएको छ । उसले क्षेत्र नम्बर १ मा १८ हजार ६०७ मत पाउँदा क्षेत्र नम्बर २ मा ११ हजार २८२ मत पाएको छ । जिल्लामा चौथो भएको माओवादीले क्षेत्र नम्बर १ मा १३ हजार ७४२ र क्षेत्र नम्बर २ मा १२ हजार ९९५ गरि कुल २६ हजार १३३ मत पाएको छ । 

यस्तै, १६ हजार ७७१ मतसहित जिल्लामा पाँचौँ भएको राप्रपाले १ नम्बर क्षेत्रमा १३ हजार ७४२ र २ नम्बरमा तीन हजार २९ पाएको छ भने छैटौँ भएको एकीकृत समाजवादीले तीन हजार ८२७ मत पाएको छ ।

बिहीबार सम्पन्न भएको प्रत्यक्षतर्फको मतगणनाअनुसार मकवानपुरमा राप्रपा र एमालेले एक÷एक स्थान जितेका छन् भने प्रदेश सभातर्फ माओवादीले दुई र एमाले, कांग्रेसले एक÷एक स्थान जितेका छन् ।

ad
ad