मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सभामा कांग्रेसको शतक, अन्यकाे कति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

कांग्रेसले प्रदेश सभाको प्रत्यक्षमा शतक सिट हासिल गरेको छ। सातवटै प्रदेशमा प्रत्यक्षतर्फ ३०३ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेस १०२ सिटमा जित निकाल्दै पहिलो बनेको छ। कांग्रेस पाँच क्षेत्रको मतगणनामा अगाडि छ।

एमालेले ८३ सिट सुरक्षित गरेको छ भने ६ क्षेत्रमा अग्रता कायम गरेको छ। माओवादीले ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा एकीकृत समाजवादीले १३ क्षेत्रमा जितेको छ। 

एकीकृत समाजावादी अब एउटा क्षेत्रमा लिड गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ क्षेत्र सुरक्षित गरेको छ। 

जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले ९–९ क्षेत्रमा जित दर्ता गराएका छन्। जनता समाजवादी पार्टी मतगणना भइरहेका दुई क्षेत्रमा अगाडि छ। जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिट सुरक्षित गरेको छ।

सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० सिट छन्। ०७४ को चुनावमा प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले १६७ सिटसहित पहिलो बनेको थियो, भने माओवादी केन्द्र ७४ सिटसहित दोस्रो बनेको थियो। कांग्रेसले ४१ सिटमा चित्त बुझाउँदा बाँकी ४७ सिट साना दल र स्वतन्त्र उम्मेदवारले जितेका थिए ।