१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर १० शनिबार १२:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुंगामुढा र कुटपिटविरुद्ध सिराहाको गोलबजार बन्द, टायर बालेर सडक अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १२:३o:oo

सिरहा क्षेत्र नं. ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय र्यालीमा सामेल कार्यकर्ताहरुले शुक्रबार साँझ निकटतम् प्रतिस्पर्धी विश्वनाथ साहका दाजु तथा गोलबजार नगरका निवर्तमान मेयर देवनाथ साहको गोलबजारस्थित घरमा ढुंगामुढा गरी एकजनालाई कुटपिट गरेको विरोधमा शनिबार बिहानैदेखि गोलबजार बन्द गरिएको छ।

एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको विरोधमा स्थानीय र माओवादी कार्यकर्ताहरुले बजार बन्द गर्दै पूर्व–पश्चिम सडकको गोलबजार खण्डमा टायर बालेर अबरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा शनिबार बिहानैदेखि पूर्वमा गागन र पश्चिम मैनाबत्ती खोलासम्म लामो तथा छोटो दूरीका सयौं सवारी साधन रोकिएका छन्। टाउको फुटेर चारवटा टाँका लगाइएका घाइते साहको अहिले गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ।

माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ साढे ७ बजेदखि पूर्व–पश्चिम सडकस्थित गोलबजारमा टायर बालेर राती १० बजेसम्म सडक अबरुद्ध गरेपछि प्रहरीले खुलाएको थियो। एमालेका श्रेष्ठले सत्तागठबन्धनअन्तर्गत माओवादी केन्द्रका साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछिको उन्मादमा एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले दुवै पक्षसँग कुराकानी भइरहेको र अबरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए।

कानुनी कारबाहीको माग
नेकपा माओवादी केन्द्र, सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गरी जितको उन्मादमा गुण्डागर्दी गरिएको भन्दै निन्दा र भत्र्सना गर्दै तत्काल घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्। 

निर्वाचित उम्मेदवारको उपस्थितिमै उनका कार्यकार्ताले निजी घरमा ढुंगामुढा गर्दै रोक्न खोज्नेलाई कुटपिट गर्नु गुण्डागर्दी मात्र रहेको औंल्याउँदै विज्ञप्तिमा अलोकतान्त्रिक र गुण्डागर्दी हर्कत बन्द गर्न आग्रहसहित लोकतान्त्रिक मूल्य मान्यताअनुसार चल्न सचेत गराइएको छ। अन्यथा त्यसबाट उत्पन्न हुनसक्ने दुर्घटनाको सम्बन्धित पक्षले जिम्मेबारी लिन माओवादी सिरहाले चेतावनी दिएको छ।