Skip This
सोचेअनुसार परिणाम आएन : प्रचण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोचेअनुसार परिणाम आएन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

माओवादी अध्यक्ष प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखा सदरमुकाममा आज भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशभरको नतिजा सोचजस्तो नआएको बताउका हुन् । 

‘हामीले देशभर जसरी परिणाम आउला भनेर अपेक्षा गरेका थियौँ, त्यसरी अलि भएन । नसोचेको नसोचेको के–के कुरा भए भन्ने पनि छ,’ सभामा उनले भने, ‘अब गठबन्धनको बैठकले आवश्यक समक्षा गर्छ ।’

जनताका छोराछोरीले रगत बगाएर ल्याएको परिवर्तन उल्टाउन प्रयत्न हुनसक्नेतर्फ संकेत गर्दै उनले भने, ‘कुनै पनि हालतमा परिवर्तन उल्टाउन दिइने छैन । राजनीतिक नेतृत्वले सोचेर अघि बढ्नुपर्छ ।’

उनले नयाँ शक्तिहरूको उदय दलहरूका लागि चुनौती भएको जिकिर गरे । ‘म अहिले नै कसैलाई दोषी देख्ने, आरोप लगाउने वा आलोचना गर्ने पक्षमा छैन,’ प्रचण्डले भने, ‘तर, ‘एजेन्डाभन्दा आवेग र भावावेगमा देशलाई र मानिसलाई भ्रमित पार्ने संकेत देखा परेछ ।’

उनले केही दिनपछि गोरखा २ का गाउँगाउँ पुगेर धन्यवाद सभाहरू गर्ने जानकारी दिए ।