१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रे २ मा बास्कोटा दोस्रोपटक विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार सत्तागठबन्धनका साझा उम्मेदवार हुमागाईंलाई ५ हजार ९१७ मतान्तरले पछि पार्दै बास्कोटा निर्वाचित भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्दा हुमागाईले ३९ हजार ४२८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाई १० हजार ५८६ मतसहित तेस्रो स्थानमा छन्।

जीतसँगै बास्कोटाको संसदको यात्रा दोस्रो पटक सुरु भएको छ। अघिल्लो ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट बास्कोटा  देशभरको तेस्रो ठूलो मतान्तरले विजयी भएका थिए। उनले त्यसबेला कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए। एमाले सरकारमा रहँदा बास्कोटा सरकारको प्रवक्ता एवं सूचना तथा संचार मन्त्रीसमेत भएका थिए।