मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७९ मङ्सिर ९ शुक्रबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा १ (ख) मा जसपाका गुप्ता निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १२:१९:oo

सिरहा १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार गुप्ता (राजु) तीन हजार छ मतान्तरले निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार मत गणनाको अन्तिम परिणामअनुसार जसपाका गुप्ता १६ हजार दुई सय ३९ मतसहित प्रदेश सभामा निर्वाचित भएका हुन्।

गुप्ताका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोककुमार यादवले १३ हजार दुइ सय ३३ मत ल्याएका छन् भने जनमत पार्टीका शम्भुप्रसाद साह पाँच हजार पाँच सय २७ मतसहित तेस्रो स्थानमा आए।

पाँच वर्षअघि २०७४ सालको निर्वाचनमा पाँच सय दुई मतले आफूलाई पराजित गरेका  उनै यादवलाई गुप्ताले योपटक एमालेसमेतको सहयोगमा पराजित गरेका हुन्। २०७४ को निर्वाचनमा यादव एमालेबाट ११ हजार एक सय १० मतसहित प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने गुप्ताले १० हजार छ सय आठ मत ल्याएका थिए।