
पश्चिम नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले आफ्नो अग्रता निकै बढाएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धीभन्दा साढे ४ हजार मतले अग्रता लिएका छन् ।
५२ हजार ४१ मत गणना गर्दासम्म गठबन्धनका उम्मेदवार चौधरीले १७ हजार १३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेको समर्थनमा उम्मेदवारी दिएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले १२ हजार ६ सय मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ११ हजार ६ सय १५ मतसहित तेस्रो स्थानमा छन् ।