१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै आइपुगेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन।अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ। उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टर ढिला गरिमात्र आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका तीनवटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए । मंगलबारमात्रै बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिकाहरु लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका नौ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगेपनि सोही क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाक मतपेटिकहरु अझै उठाइएको छैन ।मतदान अधिकृतहरु हेलिकोप्टरको पर्खाइमा भएकाले पनि जगदुल्लाका मतपेटिकाहरु नउठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

जिल्लाको ठुलिभेरी,त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिकाका सबै मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम पुगिसकेको बताइएको छ ।धेरै मतदान केन्द्रका मतपेटिका झार्न बाँकी रहेकाले शुक्रबार पनि मतगणना हुने सम्भावना न्युन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।