१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतपेटिकामा आगजनी : देवचुलीमा स्थगित मतदान सुरु, समानुपातिकतर्फ भोलि हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४७:oo

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ४ मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसाार शान्ति सिर्जना मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो।

‘लाइनमा बस्नुभएका मतदाताहरूले मतदान गर्न सुरु गर्नुभएको छ। प्रदेश समानुपातिकको पुनः मतदान हुनेछ,’ प्रजिअ घिमिरेले भने। देवचुली–४ मा रहेको उक्त मतदान केन्द्रमा प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको थियो।

उक्त मतदान केन्द्रमा प्रदेश समानुपातिकतर्फको मतदान भोलि मात्र गर्ने निर्णय भएको भुसालले जानकारी दिए। उनले भने, हामीसँग त्यस स्थानमा पुनः मतदान गराउनका लागि पर्याप्त निर्वाचन सामग्री छ। त्यसैले भोलि नै पुनः मतदान गर्छौं।’

आगजनी गर्ने देवचुली–४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएका छ। भण्डारीले तीनवटा मतपत्र खसालिसकेपछि चौथौ अर्थात् अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए। मतपेटिकामा आगजनी गरेपछि भागेका भण्डारीलाई प्रहरीले मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढाबाट पक्राउ गरेको प्रजिअ घिमिरेले बताए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पक्राउ परेका भण्डारीलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको बताए। प्रहरी उपरीक्षक तिवारीका अनुसार भण्डारीले आफूले शरीरमा दलेको ‘बडीलोसन’मा मतपत्र घसेर मतपेटिकामा हालेको सुरुवाती बयान दिएका छन्।