१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरमा निर्वाचनविरोधी गतिविधि गर्ने सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:५५:oo

निर्वाचनविरोधि गतिविधि गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडाबाट सातजनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार बिहान १० बजेको समयमा हेटौंडा उपमहानगरापालिका वडा नम्बर १० बसपार्क क्षेत्रबाट नेकपा बहुमत पार्टीका जिल्ला इन्चार्ज रबि खड्कासहित सातजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा खड्कासहित जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।  उनीहरुलाई निर्वाचन विरोधी नारा लगाउँदै हिडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता कार्कीको भनाई छ।

प्रवक्ता कार्कीले जिल्लाका सबै मतदान केन्द्रमा निर्वाध मतदान भइरहेको जानकारी दिए। उनले कहिँ कतै पनि अप्रिय खटनाको खबर नआएको बताए।

ad
ad