Skip This
आइएमई पेको अफर :  एक रुपैयाँमै हवाई टिकट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Wednesday, 14 May, 2025
२o७९ मङ्सिर २ शुक्रबार १२:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई पेको अफर :  एक रुपैयाँमै हवाई टिकट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १२:२९:oo

आइएमई पेले आसन्न आमनिर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ। अफरअनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक भाग्यशाली विजेताले एक रुपैयाँमै सो टिकट प्राप्त गर्न सक्नेछन्।

आमनिर्वाचनमा मतदातालाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यले हवाई टिकट अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस)मै खरिद गर्नुपर्नेछ।

विजेता घोषित हुने भाग्यशाली विजेताले एक रुपैयाँबाहेकको पूर्ण मूल्य क्यासब्याकस्वरूप पाउनेछन्। कम्पनीका अनुसार यो अफर कात्तिक ३० देखि मंसिर ९ सम्म कायम हुनेछ।