१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका रुपन्देही
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको जीवनस्तर उकास्न हरसम्भव प्रयास गर्छु : भुसाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

रुपन्देही १ बाट प्रतिनिधिसभाका उम्मेदवार घनश्याम भुसालले आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासामु मत मागेका छन्।

बिहीबार भिडियो अपिलमा उनले आफ्नो क्षेत्रको विकासका विभिन्न एजेन्डा अगाडि सार्दै त्रिभुज चिह्नमा मतदान गर्न अपिल गरेका छन्। 

आफूले विगतमा खेलेको भूमिका संक्षिप्त राखेका भुसालले क्षेत्रको विकासमा पर्यटन, शिक्षा, स्वास्थ्यदेखि विभिन्न क्षेत्रको विकास गरी जनताको जीवनस्तर माथि उठाउन भूमिका खेल्ने बताएका छन्।

उत्तर–दक्षिण तथा पूर्व–पश्चिमका सडकलाई अझ ठूला र गुणस्तर बनाएर  जोड्नुपर्ने आवश्यकता रहेको भन्दै उनले अन्य स्थानीय सडकको निर्माणमा पनि जोड दिएका छन्।

निर्वाचन क्षेत्रलाई एकीकृत गर्नुपर्ने तथा शान्तिका अग्रदूत गौतम बुद्धको मावली क्षेत्र देवदहको विकासलाई समग्र विकाससँग जोड्नुपर्ने भन्दै उनले देवदहमा बौैद्ध विश्वविद्यालयको निर्माणका काम तथा देवदहलाई युनेस्काेमा सूचीकृत गर्न पहल गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्।  

शिक्षा क्षेत्रको विकासका लागि साधन–स्राेत बढाउनुपर्ने र गुणस्तर बढाउनुपर्नेमा भुसालले जोड दिएका छन्। निजी र सार्वजनिकबीचको ग्याप हटाउने गरी शिक्षामा सुधार रहेकोमा उनले जोड दिएका छन्। त्यस्तै स्वास्थ्य सेवा सहज, सुलभ बनाउन दुईवटा अस्पतालको स्थापना र ती अस्पतालसँग अन्य स्वास्थ्य संस्थालाई जोड्नुपर्ने भुसालको भनाइ छ। 

दक्षिणी र उत्तरी क्षेत्रमा  एउटा–एउटा अस्पताल स्थापना गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, भूमिहीन, अव्यवस्थित बसोवासको समस्या समाधान गर्नुपर्नेदेखि महिला, दलित महिला, बालबालिका, वृद्धको जीवन सहज बनाउन लागिपर्ने उनको भनाइ छ। 

भुसालले रोजगारी सिर्जना गर्नेदेखि विभिन्न क्षेत्रको विकास गरी यहाँका बासिन्दाको जीवनस्तर माथि उठाउने योजना अगाडि सारेका छन्। सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका भुसालले पार्टी तथा संगठन निर्माणमा अनेक संघर्ष गरेको स्मरणसमेत गरेका छन्।