१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o१:oo

प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक काठमाडौं आइपुगेका छन् । निर्वाचन आयोगका सहसचिव विश्वप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरे । 

तौफिक निर्वाचन आयोगको निमन्त्रणमा दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिएका छन् । माल्दिभ्समा प्रमुख आयुक्तलाई निर्वाचन आयोगको अध्यक्ष भनिन्छ । 

तौफिकले काठमाडौंमा मतदानको अनुगमन गर्नेछन् । आयोगको निमन्त्रणामा मतदानको अनुगमन गर्न छिमेकी भारतबाट भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त एवं एसाेसिएसन अफ वर्ल्ड इलेक्टोरल बडिजका अध्यक्ष राजिभ कुमार, बंगलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अवल, भुटानका प्रमुख आयुक्त सोनम तोप्गे पनि आउँदै छन् । 

त्यस्तै, श्रीलंका र दक्षिण कोरियाबाट आयुक्त आउँदै छन् । उनीहरू भोलि आइपुग्ने सहप्रवक्ता भट्टराईले जानकारी दिए । मतदानको अनुगमनका लागि जापानका विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय टोली पनि आउँदै छ । जापानी टोली मतदानकै दिन आइपुग्नेछ । 

निर्वाचन पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षक भने नेपाल आइसकेका छन् । एसियन नेटवर्क फर प्रिइलेक्सन (एनएफआरइएल) र सिभिक च्याम्बर अफ रसियन फेडरेसनका प्रतिनिधि नेपाल आइसकेको र एनएफआरइएलका पर्यवेक्षकलाई आयोगले प्रशिक्षणसमेत दिइसकेको सहायक प्रवक्ता भट्टराईले बताए । रसियन पर्यवेक्षकलाई आज प्रशिक्षण दिइँदै छ । स्वदेशका ४४ संस्थाबाट आठ हजार पर्यवेक्षक निर्वाचनमा खटिँदै छन् । 

ad
ad