१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२७:oo

 आगामी डिसेम्बर २०१३ मा ‘बेस्ट एयरलाइन्स अवार्डस् नेपाल–२०२२’ घोषणा हुने भएको छ । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने र नेपाली पर्यटन क्षेत्रलाई एकैपटक विश्वभरका सञ्चारमाध्यमको चासोमा ल्याउने उद्देश्यअनुरूप उक्त अवार्ड घोषणा हुने भएको हो । 

विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स अवार्डस् नेपालमा नेपाली वायु सेवाका लागि तीन विधा मात्रै छुट्याइएको छ । त्यसमा ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् भने बाँकी रहेका दुई विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारमध्येबाट उत्कृष्टलाई चयन गरिने बताइएको छ ।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायकमण्डलको निर्णयका आधारमा तय गरिने यो अवार्डको निर्णायकमण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष सृजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेका छन् । 

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने बेस्ट एयरलाइन्स अवार्डस्मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवाप्रदायक र आन्तरिकतर्फका नौ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् ।