१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मेयर बालेन्द्र र जर्मन राजदूत डा. प्रिन्सबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:४३:oo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेट भएको छ। मेयर साहको कार्यकक्षमा भएको भेटमा प्रमुख साहले फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताएका थिए।

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसंग चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि मेयर साहले आफ्नो योजना सुनाएका थिए। महानगरका प्राथमिक कार्यक्रमबारे जानकारी दिँदै उनले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुनर्स्थापना, खुला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण, शैक्षिक गुणस्तर वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायतका क्षेत्रमा काम भइरहेको जानकारी दिए।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जिटिजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो। राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेकाे बताइएको छ।
 

ad
ad