छडी छाडेर कथा बोकेँ

माधव सयपत्री माधव सयपत्री
शनिबार, ११ साउन, २०७६
डिजिटल संस्करण

मास्टरले हामीलाई छडीले तर्साएरै पढाएका थिए । छडी नलिई मास्टर कोठामा पस्दैनथे । मास्टर देखेपछि हामी तीन कान्ला उफ्रेर भाग्थ्यौँ । हैन, उनीहरू पनि मान्छे नै थिए, देख्नासाथ हामी किन बुर्कुसी माथ्र्यौँ होला ! 
 मास्टर देशका कुरा गर्थे । विदेशका कुरा गर्थे । सबैतिरका कुरा गर्थे । ‘मास्टरहरू कसरी ‘मास्टर’ भए होलान् ! मास्टर हुन कति कक्षा पास हुनुपर्छ होला !’ उसवेला मास्टरको एउटा कोलाज मेरो मनमा टाँसिएको थियो । ‘मास्टर हुन पाए त !’ कल्पानामै म मास्टर हुन्थेँ । हातमा एउटा छडी हुन्थ्यो । छेउमा ‘भुराहरू’ उभिएका हुन्थे । म ती भुराहरूलाई पाठ कण्ठ नगरेकामा छडी देखाएर कान समात्न आदेश गर्दै ‘उठबस’ गराउ“थे । ती भुराहरू खुरुखुरु मेरो आदेश पालना गर्थे । म मास्टर भएकोमा गर्वले छाती फुलाउ“थे“ । 

छडी एउटा ‘संस्कृति’ थियो । म छडी संस्कृतिबाटै हुर्केको थिए“ । छडी नबोक्ने त मास्टरै हुँदैनथे । छडीवालाहरूको रवापैm अर्को हुन्थ्यो । ‘नमस्कार’ त कति–कति ! ‘ठूलादेखि सानासम्मको नमस्कार खाने आपूmचाहिँ कहिले भइएला !’
मास्टरको हातमा एउटा न एउटा किताब हुन्थ्यो । हामीलाई चार–पाँच पानाको पाठ कण्ठ गर्न लगाएर मास्टर कक्षामै किताबमा घोरिन्थे । किताबको सुकिलो जिल्ला देखाएर भन्थे, ‘तिमीहरू यो किताब पढ्न सक्छौ ?’ म मनमनै भन्थेँ, ‘दिए त सक्थेँ नि !’
मास्टरले हामीलाई आप्mनो किताब कहिल्यै पढ्न दिएनन् । खालि छडी देखाएर हाम्रै किताब मात्रै ‘पढ् पढ्’ भने । नपढे कुहिनासम्मै पुग्ने गरी छडीले सुम्ल्याइहाल्थे । सबैको नमस्कार खाने गरेका मास्टर हामीलाई भने कहिल्यै असल लागेनन् । 
०००

मामासँग नाइलनको सुर्काने भएको पोलिस्टरको झोला थियो । झोलामा सराद्धेको किताब हुन्थ्यो । पूजाको किताब हुन्थ्यो । गरुडपुराणको किताब हुन्थ्यो । वेद, रुद्री, चण्डी अनि अरू कतिकति ! एक दिन मामाको झोलामा ‘लालहीराको कथा’ देखियो । मामासित मैले किताब मागेँ । 
‘भान्जालाई किताब किन चाहियो ? पढ्न सक्छौ र भान्जा ?’ मामाले अलि खस्रा कुरा गर्नुभयो । मैले पनि खस्रिएरै भनेँ, ‘दिए त पढ्थेँ नि !’ मामाले हेपेरै भन्नुभयो, ‘जान्या छौ र ? तैपनि भुराभुरीलाई के किताब दिनु ? च्यातिहाल्छौ ।’
मन म¥यो । मरेको मनले मनैसित भन्यो, ‘त्यो नाथे किताबको कति माया लागेको ! सुनभन्दा पनि बढ्ता पो गर्छन् ! म किताबको दुश्मन त हैन नि ! पख लोभी मामा, म ठूलो भएपछि कति किताब किन्छु । तिमीलाई दिन्नँ ।’ 
अँहँ, मामाले किताब दिनुभएन । बरु ‘लालहीराको कथा’ सुनाइदिनुभयो । स्वस्थानीका स्रोतालेझैँ लट्ठिएर मैले ‘लालहीराको कथा’ सुनेँ । अलिपछि मावल जाँदा मामाको ट्यांकाको एक कुनामा ‘तोतामैनाको कथा’ देखेँ । अर्को कुनामा ‘नेपाली दन्त्य कथा’ मलाई चिहाउँदै थियो । सोझो औँलाले घिउ आएन । किताब नदिएपछि अनेक अभिनय गरेर उम्काएँ । लगेर पढेँ ।

०००

एकदिन म सा“च्चै मास्टर भए“ । सल्लाघारीको बीचमा थाकलले छाएको स्कुल थियो । त्यहा“ म थिए“ र थिए एक दर्जनजति बालबालिका । मेरो हातमा हमेसा एउटा छडी हुन्थ्यो । रवाफका लागि पनि छडी बोकियो । इज्जतका लागि पनि छडी बोकियो । मानभाउका लागि पनि छडी बोकियो । छडी नबोक्ने मास्टर, के मास्टरजस्तो लाग्यो । 
स्कुलमा कलिला विद्यार्थी बढ्दै गए । एउटा विद्यार्थी थपि“दा मेरो खुसी पनि एक तहमाथि उक्लिन्थ्यो । नानीहरू बढ्दा, मेरो खुसीको तह पनि बढ्दै गयो । कक्षा एकबाट दुई, दुईबाट तीनमा पुग्यो स्कुल । तीन कक्षामा कुनै–कुनै १२–१५ वर्षका नानी थिए । कतिपय विद्यार्थी साथीजस्ता पनि थिए । कहिलेकाहीँ ती नानीहरूले कपर्दीमा मलाई पछार्थे । धेरै कमिला मिलेर ठूलो किरा घिसारेभै“m मलाई घिसार्थे । नानीहरूस“ग म कपर्दीमा हार्थे“ । कहिले जानीजानी हारिदिन्थे“ । उनीहरू मास्टरलाई पछार्न पाउँदा खुब हाँस्थे । 

नानीहरू छडी मन पराउँदैनन् । नानीहरू कथा मन पराउँछन् । मैले पनि छडी छाडेर कथा बोकेँ । कथा सुनाएँ । छडीको सट्टा कथा बोक्न थालेँ । कथा बोकेपछि छडी बोक्नै पर्दैन ।

मेरो हातमा छडी मात्रै हु“दैनथ्यो । नानीहरूलाई सुनाउन कथा पनि हुन्थ्यो । मैले पहिले उनीहरूलाई ‘मुना’ को कथा सुनाए“ । अलिपछि सुनाएको थिए“– लिखेको कथा । 
‘नवयुवा’ को ०५३ साल, असार अंकमा लिखेको पहिलो कथा छापियो । पहिलो कथाभन्दा नानीहरूका आ“खा रसाएका थिए । उनीहरूले लिखेका बाउलाई बेस्मारी सरापेका थिए । भेटेको भए घेरा हालेर पिटी पनि दिन्थे कि ! लिखेको कथा सुन्न पाउ“दा उनीहरू खुसी त हुन्थे, तर उनीहरूको कलिलो मनमा कथाले नै घाउ बनाइदिन्थ्यो । नानीहरू मलाई सोध्थे, ‘सर, लिखेको अर्को कथा कहिले आउ“छ ?’ म भन्थे“, ‘आएपछि तिमीहरूलाई लिखेसित भेट गराइहाल्छु नि !’ लिखे उनीहरूको प्यारो साथी भएको थियो । लिखेको अर्को कथा व्यग्रताका साथ पर्खिबस्थे । 

लिखेको कथाले नानीहरूलाई तानिरह्यो । ‘लिखे’ को कथ्य भाषाले नानीहरूलाई झनै तानेको थियो । ठ्याक्कै उनीहरूकै घरको लवज । ‘ओइ केटा, हाम्रा घरा“ बाख्रा हेर्न आ’ होस् ?’ 
शरद पौडेलको ‘लिखे’ उपन्यास ‘नवयुवा’ ले धाराबाहिक छापेको थियो । नानीहरूले लिखेको कथा सुन्न पाएका थिए । तर, लिखे बस्ने गरेको ‘नवयुवा’ स्कुलमा कसरी आइपुग्छ, उनीहरूलाई थाहा थिएन ।
कविताराम श्रेष्ठको ‘मावलीको यात्रा’ बालउपन्यास फारु गरेर दिनैपिच्छे सुनाइदिएँ । किताबको सबै कथा एकै दिनमा सुन्न खोज्थे नानीहरू । तर, मलाई खटाइखटाई भन्नुथियो । दसै“मा मावल जा“दा ‘मावलीको यात्रा’ का दिदीभाइले बाटो भुलेर पाउनुसम्म दुःख पाए । दिदीभाइले दुःख पाउ“दा नानीहरूले अ“ध्यारो मुख लगाए । कथाका नानीहरूले बाटो पहिल्याएर मावली पुग्दा स्कुलका नानीहरू बहुत खुसी भए । त्यसपछि नानीहरूलाई अरू धेरै कथा सुनाए । 

धेरै कथा सुनाइसकेपछि मैले सोधे“, ‘तिमीहरूलाई कथा किन मन पर्छ ?’ उनीहरूले खुसी हुँदै भने, ‘कथामा हाम्रैजस्ता कुरा हुन्छन्, त्यसैले मन पर्छ ।’ 
कथामा उनीहरूका कुरा हुनुपर्ने रहेछ । नत्र कथा, कथा नहुने रहेछ । नानीहरूलाई आप्mना र आप्mनो सेरोफेरोका कुरा मन पर्दा रहेछन् । आप्mनो परिवेशका कुरा उनीहरूका लागि प्रमुख हु“दो रहेछ । प्रिय लाग्दो रहेछ । कथामा आएका पात्र, परिवेश र घटनालाई आप्mनो सेरोफेरोस“ग दा“ज्दा रहेछन् । आप्mना सेरोफेरोका कुरा कथाका कुरामा मिलाउन खोज्दा रहेछन् । मिल्न खोज्दो रहेछ । उनीहरू परिवेशप्रेमी हु“दा रहेछन् । अनि पो उनीहरूलाई कथा मन पर्दो रहेछ ! 

सानाका कथा सुनाउँदा सुनाउँदै म पनि कथा लेख्ने भएँ । ०६४ जेठको ‘मुना’ मा मेरो पहिलो सानाको कथा छापियो । छापिएको कथा उनीहरूलाई सुनाएँ । ‘मास्टर’ को कथा सुनेर नानीहरू औधि खुसी भए ।
नानीहरूले दुई–चार सय नै कथा सुने होलान् । कथा सुन्दा उनीहरूले कहिल्यै चक–चक गरेनन् । त्यति नै कथा उनीहरूले पढे होलान् । कथा पढ्न अल्छी गरेनन् । ढुक्क हुनुस्, कथा सुन्दा÷पढ्दा नानीहरूको पढाइ बिग्रिँदैन । बरु सप्रिएर आउँछ ।  
नानीहरू छडी मन पराउँदैनन् । नानीहरू कथा मन पराउँछन् । मैले पनि छडी बोक्न छाडेँ । छडीको सट्टा कथा बोक्न थालेँ । कथा बोकेपछि छडी बोक्नै पर्दैन । 
[email protected]

सम्पादकको रोजाइ

सुझावित समाचार