मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
Invalid date format o७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आत्महत्या दुरुत्साहन मुद्दामा डेढ वर्ष कैद फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१३:oo

जिल्ला अदालत दैलेखले आत्महत्या दुरुत्साहन मुद्दामा आठबीस नगरपालिका– ३ का मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । एक वर्षअघि चार छोराछोरीसहित आठबीस नगरपालिका– ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको विषयलाई लिएर दैलेख जिल्ला अदालतले उक्त फैसला सुनाएको हो । 

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट मानसिंह बडुवाललाई सोमबार सजाय सुनाइएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानले जानकारी दिए ।

गत वर्ष फागुन २३ गते सुकी बडुवालले आफ्नी जेठी छोरी १५ वर्षीया कल्पना, माहिली छोरी १२ वर्षीया सरिता, कान्छी छोरी सात वर्षीया रजनी र छोरा १० वर्षीय ललितसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी थिइन् । 

पारिवारिक विवादका कारण आत्महत्या गरेको भन्दै सुकीका भाइ बजिरसिंह थापाले गएको चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले चैत १२ गते सुकीका श्रीमान् मानसिंहलाई पक्राउ गरेको थियो । पक्राउलगत्तै दण्डपाणि लामिछानेको इजलासबाट थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । 

कर्णालीमा हाम फालेर ज्यान गुमाएका सुकीसहित पाँचैजनाको शव अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका– ३ असाराघाटनजिक कर्णाली नदी किनारमा फरक–फरक दिनमा फेला परेको थियो ।