आइसिएफसी फाइनान्स लिमिटेडले आफ्नो २३औँ वार्षिक साधारणसभा मंगलबार काठमाडौंको बौद्ध हेरिटेजमा सम्पन्न गरेको छ। साधारणसभाबाट आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
वार्षिक साधारणसभाले आर्थिक वर्ष ०८३/८४ का लागि बाह्य लेखा परीक्षकमा ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको छ। चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।
साथै, संस्थाले चालू आवको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन र १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।